images

मंगलवार, बैशाख २५ गते २०८१

‘बुद्ध ज्ञान साईकल यात्रा’ हुँदै

‘बुद्ध ज्ञान साईकल यात्रा’ हुँदै

images
images
images
बुधवार, पौष २५ २०८०
बुधवार, पौष २५ २०८०
  • ‘बुद्ध ज्ञान साईकल यात्रा’ हुँदै

    भैरहवा, २५ पुस ।
    साईकल सिटी भैरहवाको आयोजनामा ‘बुद्ध ज्ञान साईकल यात्रा’ हुने भएको छ । २०८० सालदेखि हरेक वर्ष आयोजना गर्ने गरी यो साईकल यात्रा गर्न लागिएको मंगलबार आयोजकले भैरहवामा पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् । 

    images
    images
    images

    साईकल सिटी भैरहवाका अध्यक्ष सूर्य कुमार सारु मगरले यो साईकल यात्रा प्रत्येक वर्ष माघ महिनामा गरिने बताए । सुरुको वर्षमा २ सय जना साईकल यात्रीहरुलाई सहभागी गराइने उनले जानकारी दिए । ‘दुईदिन हुने बुद्ध ज्ञान साईकल यात्रा बुद्धसँग सम्बन्धित स्थानहरुको जानकारीसहित साईकल यात्रीहलाई माघ १२ र १३ गते भ्रमण गराइनेछ । जसले सिद्धार्थनगरसहित रुपन्देहीको पहिचान बढाउनेछ । साथसाथै नगरको सामाजिक र आर्थिक विकासमा पनि सहयोग गर्नेछ, ’उनले भने ।

    साईकल सिटी भैरहवाले आयोजना गरे पनि यो सबैको साझा कार्यक्रम भएकाले सबैको साथ र सहयोगको अपेक्षा गरिएको उनको भनाइ छ । 

    बुद्धसँग सम्बन्धित स्थानहरुको जानकारी, पर्यटन प्रबद्र्धन एवं प्रचारप्रसार, बजार चलायमान गराउन तथा शान्ति, स्वास्थ्य र पर्यावरणको लागि र साईकल नगरको विकास गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागिएको कार्यक्रम संयोजक दिनेश मान अमात्यले बताए ।

    कार्यक्रम संयोजक अमात्यका अनुसार साईकल यात्रा सिद्धार्थनगर नगरपालिकाबाट सुरु गरेर सिद्धार्थनगर नगरपालिकामा आइ समापन हुनेछ । बुद्धसँग सम्बन्धित क्षेत्रहरु रामग्राम, देवदह, सैनामैना, तिलौराकोट, सगरहवा, कुदान, गोटिहवा, लुम्बिनी हुँदै सिद्धार्थनगरमा आइ समापन हुने उनले बताए ।

    यात्रामा सहभागी साईकिलिष्टहरुले २ दिनमा करिब २ सय किलोमिटर तय गरेर विभिन्न स्थानको अवलोकन भ्रमण गर्ने उनले जानकारी दिए ।

    ‘बुद्ध ज्ञान साईकल यात्रा’ सम्पन्न गर्न करिब १४ लाख रुपैयाँ खर्च लाग्ने आयोजकले जनाएका छन् । साईकल सिटी भैरहवाका सचिव थिरेन्द्र श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij