
बिहिवार , पौष २६, २०८०
भैरहवा, २६ पुस ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिद्धार्थनगर नगर कमिटी, रुपन्देहीको पूर्ण बैठक बुधबार भैरहवामा सम्पन्न भएको छ । बैठकले अबको १० दिनभित्र नगरका सम्पूर्ण वडा कमिटीका बैठकहरु सम्पन्न गर्ने निर्णय गरेको एमाले सिद्धार्थनगरका अध्यक्ष चक्र बहादुर थापाले बताए ।
त्यस्तै जनसंगठनका बैठकहरु अबको एक हप्ताभित्र सम्पन्न गर्ने, माघ ६ गते भैरहवामा वृहत भेला तथा वनभोज कार्यक्रम गर्ने तथा माघ महिनाभित्र पार्टीको जिल्ला स्कूल विभागसँग समन्वय गरेर नगरस्तरीय प्रशिक्षण कार्यक्रम गर्ने निर्णय भएको थापाले जानकारी दिए ।
बैठकलाई सम्बोधन गर्दै एमाले पोलिटव्यूरो सदस्य तथा लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री लिला गिरीले २०८४ सालको निर्वाचनमा एमालेलाई पराजित हुने छुट नभएको बताए । उनले एमाले नेतृत्वको सरकारले धेरै राम्रो काम गरेको दावी गरे ।
एमाले सिद्धार्थनगरका अध्यक्ष चक्र बहादुर थापाको अध्यक्षता तथा उपसचिव माया कंडेलको सञ्चालनमा बैठक सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij