२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

नारायणगढ-बुटवल र मुग्लिन-पोखरा सडकको काममा तीव्रता आएको छ : मन्त्री ज्वाला

बिहिवार , पौष २६, २०८०

काठमाडौं, २६ पौष । भौतिक पूर्वाधार तथा यातायामन्त्री प्रकाश ज्वालाले नारायणगढ-बुटवल र मुग्लिन-पोखरा सडक खण्डको कामले तिब्रता पाएको बताएका छन्। 

 उनले दुवै राजमार्गहरुको एक साइट टु लेन छिटो भन्दा छिटो सक्ने गरी काम अघि बढाइएको बताए। उनले सरकारले सो क्षेत्रमा समस्या समाधानको पहिचान गरिसकेकाले अब काम तिब्र रुपमा अघि बढ्ने दाबी गरे।

उनले मन्त्रायलसहितको टिम केही दिनमै सो राजमार्गको अवलोकन एवं निरीक्षणका लागि जाने सो क्रममा सर्वपक्षिय भेला राखेर समस्याको समाधान गरी काम छिटो सक्ने बताए। उनले सो सडकखण्डका मुख्य समस्या स्थानीय निर्माण सामग्री रहेको बताए। निर्माण सामग्रीको हकमा पनि नारायणगढ-बुटवलको पूर्वीखण्डमा समस्या नरहेको तर पश्चिम खण्डमा रहेको केही समस्याको समाधानका लागि स्थानीय तहसँग समन्वय र सहकार्यको पहल गरिरहेको बताए।

उनले सो सडकखण्डहरुमा अहिले विद्युत पोल र तारको केही समस्या रहेपनि चाँडै त्यसको समाधान हुने प्रतिवद्धता व्यक्त गरे। सरकारले अहिले सडकको मर्मतसम्भारलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको पनि बताए। उनले पछिल्लो समय दुवै सडक खण्ड (नारायणगढ-बुटवल र मुग्लिन-पोखरा) मा प्रगति उल्लेख्य रहेको बताए। 

उनले भने, ‘अहिलेका समस्या केके हुन् भन्नेकुरा एकएक गरेर हामीले पहिचान गरिसकेका छौँ । अहिले हामीलाई कन्ट्याक्टरले भनेको मुख्य समस्या भनेको स्थानीय निर्माण सामग्रीहरु हो । निर्माण सामग्रीको हकमा पनि नारायणगढ-बुटवलको पूर्वीखण्डमा त्यो समस्या छैन, पहिलादेखि नै समाधान भइसकेको छ । पश्चिम खण्डमा रहेको केही समस्याको समाधानका लागि हामीले स्थानीय तहसँग पनि सहमति गरिरहेका छौँ।

बुटवल उपमहानगरपाकलिका, सुनौवल, खैरेनी नगरपालिका, देवदह नगरपालिकासँग सहमति भइसकेको छ । अब निर्माण सामग्रीको पनि अभाव हुँदैन । अब मुलतः कन्ट्याक्टरको हिसावबाट आवश्यक उपकरण, आवश्यक जनशक्ति र आवश्यक बजेटको व्यवस्था गर्नुपर्छ।

त्यसका निम्ति पनि हामीले निरन्तर प्रयत्न गरिरहेका छौँ । अहिले विद्युत पोल र तारको केही समस्या छ, त्यो काम पनि अघि बढेको छ । क्लियरेन्स गर्न विद्युत पोल र तारको काम केही बाँकी भएपनि काम गर्न प्रशस्त ठाउँ छ।

अहिले तत्काललाई मर्मतसम्भारको कुरालाई प्राथमिकतामा दिउँ भनेर लागेका छौँ । हाम्रो अहिलेको प्राथमिकता भनेको एक साइट टु लेन छिटो भन्दा छिटो सक्ने गरी काम गर्ने हो । हामी केही दिनमै दुवै राजमार्ग नारायणगढ-बुटवल र मुग्लिन-पोखराको लागि पनि त्यहाँ जाँदै छौँ । त्यहाँ गएर सर्वपक्षिय भेला जस्तो राख्छौँ।

समाधानको निकास निकाल्नेछौँ । पछिल्लो समयमा प्रगति केही अघि बढेको छ । केही न केही सुधार भएको छ । काममा तिब्रता आएको छ। यसलाई गतिदिन विभिन्न दबाब दिएर काम सक्ने गरी अघि बढ्नेछौँ।’ मन्त्री ज्वालाले सरकारले लगाएका ठेक्का पट्टालाई काम लगाउने नै पहिलो प्राथमिकता बनाएको बताए। उनले काम गरे-नगरेको बारेमा मन्त्रालयको टिम नै गएर अवलोकन एवं निरीक्षण गर्ने र कााम नभएको देखिए ठेक्का तोड्ने पनि बताएका छन्।