
बिहिवार , पौष २६, २०८०
भैरहवा, २६ पुस ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) रोहिणी गाउँपालिका वडा नम्बर १, रुपन्देहीको भेला तथा पुनगर्ठन कार्यक्रम बिहीबार बगहामा सम्पन्न भएको छ । जसपा नेपाल रोहिणी गाउँपालिका कमिटीको आयोजनामा भएको भेलाले रामशंकर यादवको अध्यक्षतामा वडा कमिटी सर्वसम्मत चयन गरेको छ ।
जसको उपाध्यक्षमा आलम गीर धोबी, सचिवमा जगदीश प्रसाद पाण्डेय, सह–सचिवमा सरोजा केवट, पुष्पा देवी तेली र कोषाध्यक्षमा लाल बहादुर उप्रेती रहेका छन् ।
त्यस्तै सदस्यहरुमा मातिवर यादव, वाजिद अली खाँ, लालमन गुप्ता, श्याम मोहन हरिजन, श्रवण कुमार कुर्मी, रामवृक्ष राजभर र चुनमुन यादव रहेका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि जसपा नेपालका केन्द्रीय सदस्य महेन्द्र यादवले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा जसपाको महत्वपूर्ण योगदान रहेको बताए । उनले जसपा जनताको रोजाइको पार्टी भएको दावी गरे ।
कार्यक्रममा जसपा नेपालका संघीय परिषद् सदस्य तथा रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव, जसपा रुपन्देहीका अध्यक्ष सियाराम यादव, सचिव विष्णु अधिकारी लगायतले बोलेका थिए ।
त्यस्तै समाजवादी महिला संघ, नेपाल रोहिणी गाउँपालिका वडा नम्बर १ को भेला तथा पुनर्गठन कार्यक्रम सम्पन्न भएको छ । समाजवादी महिला संघ, नेपाल रोहिणी गाउँपालिका कमिटी रुपन्देहीको आयोजनामा भएको भेलाले सरोजा देवी केवटको अध्यक्षतामा वडा कमिटी सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा सुशिला हरिजन र सचिवमा मालती लोहार रहेका छन् । त्यस्तै सदस्यहरुमा लालमति भर, चन्द्रावती केवट, शिव कुमारी यादव लगायत रहेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij