
शनिवार , पौष २८, २०८०
भैरहवा, २८ पुस ।
आईसीएफसी फाइनान्स लिमिटेडले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ मा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । आईसीएफसीले शुक्रबार सिद्धार्थनगर–२ मेउडिहवास्थित दुर्गा मन्दिरमा स्थानीयबासीलाई सहभागी गराएर उक्त कार्यक्रम गरेको हो ।
आईसीएफसी भैरहवा शाखा प्रबन्धक विशाल बस्नेत, कर्जा शाखाका सिद्वान्त अधिकारी, सुमन अधिकारी, बैंकका क्षेत्रीय प्रमुख अमृत शर्मा, बुद्धिराज तिम्सिना खत्रीको सहभागीतामा कार्यक्रममा सहभागीहरुलाई प्रशिक्षण दिइएको थियो ।
गृहणीहरुलाई बैंकिङ सचेतना तथा बचतको महत्वको बारेमा बुझाउने, वित्तीय कारोबार गर्दा बैंकिङ प्रणालीबाट गर्ने लगायतका बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको आईसीएफसीले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij