२०८२, भाद्र २० गते

Sep 05 2025 | २०८२, भाद्र २० गते

नेपाल–चीनबीचको सम्बन्ध थप प्रगाढ बनाउनुपर्नेमा जोड

मंगलवार , माघ २७, २०७७

  • 4.9K
    Shares
  • 4.9K
    Shares
  • भैरहवा, २७ माघ । 
    नेपाल–चीनबीचको सम्बन्ध थप प्रगाढ बनाउनुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । उनीहरुले नेपाल र चीनबीचको सम्बन्ध धेरै पुरानो रहेकोले यसलाई थप प्रगाढ बढाउनुपर्ने बताए । 

    चिनियाँ नयाँ वर्षको अवसरमा नेपाल–चीन मैत्री समाज लुम्बिनीले मंगलबार भैरहवामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्ने वक्ताहरुले विश्वको आर्थिक विकासमा चीनको महत्वपूर्ण योगदान रहेको चर्चा गरे ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले चीनले विकासमा फड्को मारेको बताए । उनले चीनको विकासबाट नेपालले पनि पाठ सिक्नुपर्ने बताए । नगरप्रमुख अधिकारीले नेपाल र चीनबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन नयाँ काम गर्नुपर्ने बताए । एउटा देशको नागरिक सम्पन्न हुँदा अर्को देशको नागरिक विपन्न भइरहेको भन्दै नगरप्रमुख अधिकारीले जनतालाई निर्वाचनको कुरा गरेर राज्यको ढुकुटी रित्याउने खेल सुरु भएको बताए ।

    नेपाल–चीन मैत्री समाज लुम्बिनीका अध्यक्ष नारायण प्रसाद सापकोटाले चीनले चौतर्फी विकास गरेको बताए । उनले चिनियाँहरु भाषण कम तर काम धेरै गर्ने भएकोले चीन थप विकसित हुँदै गएको बताए । उनले चीनले साना–ठूलो राष्ट्र भनेर भेदभाव नगर्ने बताए । आदर्शको कुरा गरेर मात्र मुलुकको विकास नहुने भएकोले अब व्यवहारमै काम गरेर देखाउनुपर्ने उनको भनाइ छ ।

    लुम्बिनी प्रेस क्लब रुपन्देहीका अध्यक्ष नरेश के.सी.ले अत्याधिक चिनिया पर्यटक लुम्बिनी आउने गरेको बताए । उनले चिनिया भाषा पढाउन सकिए यसले पर्यटन प्रबद्र्धनमा थप टेवा पुग्ने बताए ।

    साहित्यकार विजय गोविन्द श्रेष्ठले चीनको विकास र प्रगतिमा बौद्ध धर्मको पनि देन रहेको बताए । उनले चीन र नेपालबीच सदियौंदेखि सम्बन्ध रहेको बताए ।

    समाजसेवी नारायण प्रसाद अग्रवालले चीनको विकास र प्रगतिबाट नेपालले पनि सिक्नुपर्ने बताए । उनले नेपाल–चीनबीचको धेरै पुरानो सम्बन्धलाई थप प्रगाढ बनाउनुपर्ने बताए ।

    लुम्बिनी बौद्ध विश्वविद्यालयका स्रोत व्यक्ति प्रा.डा. गितु गिरीले छिमेकी मुलु्कसंगको सम्बन्धलाई प्रगाढ बनाउँदै जानुपर्ने बताए ।

    नेपाल–चीन मैत्री समाज लुम्बिनीका उपाध्यक्ष गोविन्द प्रसाद रेग्मीले नेपाल–चीनबीचको सम्बन्धलाई थप विस्तार गर्दै जानुपर्ने बताए ।  नेपाल–चीन मैत्री समाज लुम्बिनीका महासचिव मनिष कुमार जोशीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।