२०८२, कार्तिक २४ गते

Nov 10 2025 | २०८२, कार्तिक २४ गते

सुलभ सहकारीको अध्यक्षमा न्यौपाने

आइतवार , पौष २९, २०८०

  • 1.0K
    Shares
  • 1.0K
    Shares
  • भैरहवा, २९ पुस ।
    सुलभ बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिद्धार्थनगर, रुपन्देहीको २४ औं साधारण सभा तथा ११ औं अधिवेशनले भीष्म प्रसाद न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

    संस्थाको उपाध्यक्षमा मनिष भट्टराई र सचिवमा पिताम्बर पन्थ निर्वाचित भएका छन् । त्यसै गरी सदस्यहरुमा प्रेम कुमार सुनार, विकास शर्मा पोखरेल, भुवन कुमार कान्दु, सागर थापा, सन्तोषी गुरुङ र लक्ष्मी राना रहेका छन् ।
    संस्थाको लेखा सुपरीवेक्षण समितिको संयोजकमा राजेश खरेल, सदस्यमा रमेश प्रसाद नेपाल र कृष्ण प्रसाद अधिकारी निर्वाचित भएका छन् ।

    संस्थाका अध्यक्ष राजेश खरेलको अध्यक्षतामा भएको कार्यक्रममा सिद्धार्थनगरका सहकारी सञ्जालका अध्यक्ष कुल प्रसाद न्यौपानेले उद्घाटन गर्दै सहकारीको भावना मर्म र महत्वका बारेमा प्रष्ट पारेका थिए ।

    कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका सहकारी शाखा प्रमुख कमलकान्त खनाल, सहकारी विज्ञ चन्द्रकान्त भट्टराई, राष्ट्रिय सहकारी बैक लि.सिद्धार्थनगरका प्रबन्धक प्रकाश पन्थी लगायतले बोलेका थिए ।

    कार्यक्रममा असल बचतकर्ता सीता घिमिरे र भवि कुमारी विकलाई सम्मान गरिएको थियो । त्यसै गरी अशल ऋणी केशव न्यौपानेलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाका कर्मचारीहरुलाई नगद तथा प्रशंसापत्रले सम्मान गरिएको थियो । सम्मानित हुनेमा जानका न्यौपाने, रुवि भट्टराई, विनम्रता पन्थी, विष्णु केसी र सुशिला भट्टराई रहेका छन् । संस्थाका सचिव पिताम्बर पन्थको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।