२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

निर्वाचनको तयारीबारे जानकारी लिन प्रधानमन्त्री ओली आज निर्वाचन आयोग जाँदै

मंगलवार , माघ २७, २०७७

  • 3.7K
    Shares
  • 3.7K
    Shares
  • काठमाडौं, २७ माघ। आगामी बैशाखमा हुने भनिएको निर्वाचनको तयारीबारे आवश्यक जानकारी लिने उद्देश्यले प्रधानमन्त्री खड्गप्रसाद शर्माओली आज निर्वाचन आयोग जाने भएका छन्। 

    आगामी बैशाख १७ र २७ गते हुने प्रतिनिधि सभाको निर्वाचनको तयारी तथा व्यवस्थापनका सम्बन्धमा जानकारी लिन र आवश्यक निर्देशन दिन प्रधानमन्त्री ओली आउन लागेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन्।

    निर्वाचन हुने वा नहुने भन्ने अन्यौल ब्याप्त रहेका बेला प्रधानमन्त्री ओलीको यो कदमलाई पनि अर्थपुर्ण ढंगले हेरिएको छ। आयोगले निर्धारित मितिमा निर्वाचन गराउन मतदाता नामावली अद्यावधिक लगायतका कामहरु शुरु गरिसकेको छ।

    पार्टी फुटेपछि आफ्नो समुहलाई आधिकारिक बनाउन दवाव दिने उद्देश्यले पनि प्रम ओली निर्वाचन आयोग जान लागेको कतिपयको आशंका छ।