२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

होटल पौवाले पस्कियो माघीका परिकार

सोमवार , माघ १, २०८०

भैरहवा, १ माघ । 
नेपाली परम्परा र चाडपर्वलाई वार्षिक क्यालेण्डर नै बनाएर हस्पिटालिटी प्रदान गर्दै आएको होटल पौवाले यस वर्ष पनि आफनो ग्राहकलाई लक्षित गरी माघीका परिकारहरु खुवाएर माघी उत्सव मनाएको छ । ‘चिसो चिसो माघमा पौवाको ताप, माघीको खिचडी तपाई हाम्रो साथ’ भन्ने मूल नाराका साथ सोमबार माघे संक्रान्तिको अवसर पारेर पौवाले देशभरका १२ वटै शाखाबाट ग्राहकहरुलाई माघीको परिकार खुवाउँदै माघी उत्सव मनाएको हो ।
माघे संक्रान्ति/माघी/मकर संक्रान्ति पर्वका अवसर पारेर पौवाले आफ्ना ग्राहकलाई परम्परागत र

पहिचानसहितको सिजनल माघीका परिकारहरु खिचडी, अचार, चाकु, ढिक्रि, तिलको लड्डु, तरुल, शखर खण्ड, केराको अचार चखाएको छ ।

नेपालको हस्पिटालिटी सेवामा छुट्टै पहिचान बनाएको होटल पौवा प्रा.लि. नेपाली परम्परा र संस्कृतिलाई पहिलो प्राथमिकतामा राख्दै हरेक चाडपर्व अनुसार परम्परागत स्वाद चखाउँदै आएको छ । शहरी क्षेत्रमा रहेका र लामो समेयदेखि रैथाने स्वाद खान छुटेका ग्राहकसँग माघे संक्रान्तिका परिकार स्मरण दिने गरी परिकार चखाएर माघी उत्सव मनाइएको पौवाका ब्राण्ड तथा जनसम्पर्क प्रमुख विष्णु भण्डारीले बताए ।

नेपाली परम्परा, संस्कृतिलाई पछयाउदै वर्षेनी विभिन्न चाडपर्वमा स्वाद तयार गर्दै पर्यटन प्रवद्र्धनको क्षेत्रमा समेत काम गर्दै आएको भण्डारीले बताए । चिसो मौसममा माघीका परिकारहरुले ताप दिने हँुदा पनि खान उपयुक्त हुने उनले बताए ।

नेपाली हस्पिटालिटीलाई पहिलो प्राथमिकतामा राखेर नेपाली चाडपर्व, जनजातिका रैथाने स्वाद र संस्कृतिलाई ब्राण्डिङ गर्दै सेवा अभियानलाई निरन्तर अगाडि बढाइएको पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले बताए । 

420052841_348902637904444_3381668527538067812_n.jpg

१२ वटा शाखाबाट देशका विभिन्न स्थानमा सेवा दिँदै आएको पौवाले १३ औ शाखाका रुपमा बाँकेको नेपालगंजमा सेवा विस्तार गर्ने जनाएको छ । देशभर रहेका पौवाका १२ वटा शाखामा पौवामा करीब ४५० जना युवाहरुलाई हस्पिटालिटी सेवामा रोजगार दिएको छ ।

यस अघि होटल पौवाले अंग्रेजी नयाँ वर्ष २०२४ पूर्व सन्ध्यामा भैरहवामा पुस १५ गते साँझ ‘न्यू इयर इभ–२०२४’ कार्यक्रम गरेको होटल पौवा भैरहवा शाखाका प्रबन्धक गिरीराज पाण्डेले बताए ।