२०८३, आषाढ ३२ गते

Jul 16 2026 | २०८३, आषाढ ३२ गते

नेपाल चीन सिमा क्षेत्र ओलाङचुङगोला केन्द्रविन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प

मंगलवार , माघ २७, २०७७

  • 3.3K
    Shares
  • 3.3K
    Shares
  • काठमाडौं, २७ माघ। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ७ ओलाङचुङगोला केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ। भुकम्पबाट भएको क्षतिको बिवरण भने आइसकेको छैन। 

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ः३५ बजे ५.४ रेक्टर स्केलको भूकम्प गएको हो। नेपालको ओलाङचुङगोला र चीनको सीमामा भूकम्प गएको अनुसन्धान केन्द्रले जनाएको छ।

    ताप्लेजुङ सदरमुकामसम्म नै भूकम्पको धक्का महसुस गरिएको स्थानीयवासीले बताउका छन्। भुकम्पबाट कहाँ कति क्षति भयो भन्ने जानकारी आईसकेको छैन।

    ओलाङचुङगोलामा भूकम्पले पूरै घर हल्लाए पनि कुनै क्षति नभएको फक्ताङलुङ गाउँपालिकाले जनाएको छ। घर हल्लिएपछि मान्छे घर बाहिर निस्केको तर कुनै क्षति नभएको पालीकाको भनाइ छ।