२०८२, फाल्गुण २४ गते

Mar 08 2026 | २०८२, फाल्गुण २४ गते

पर्यटन प्रवद्र्धनका लागि सम्पदा गाउँ निर्माण गर्दैछौँ : मन्त्री किराँती

बुधवार , माघ ३, २०८०

  • 988
    Shares
  • 988
    Shares
  • काठमाडौं, ३ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पर्यटन प्रवद्र्धनका लागि सरकारले सम्पदा गाउँ निर्माण अभियान शुरु गरेको बताएका छन्।

     उनले नेपालमा पर्यटन प्रवद्र्धनका लागि ६० वटा भन्दा बढी पुराना गाउँको खोजि कार्य अघि बढाएको बताए। उनले पुराना गाउँ नयाँ पर्यटन गन्तव्य बन्ने बताए। उनले सांस्कृतिक गाउँ निर्माण, नयाँ सम्पदा निर्माण अघि बढाउन कार्यविधिको ड्राफ्ट नै तयार पारिसकेको दाबी गरे। उनले आफूले मन्त्रालय सम्हालेको एक वर्ष पूरा भएपछि उच्चस्तरीय कार्यक्रमतिर प्रवेश गर्ने बताए।

    उनले पर्यटन ऐन, संस्कृति ऐन लगायतका थुप्रै नीति निर्माण गर्नुपर्ने भएकाले मन्त्रालयले अहिले ऐन निर्माणका लागि आवश्यक काम गरिरहेको बताए। 
    उनले भने, ‘हामीले कार्यक्रममै नभएको आज भन्दा ३५ सय वर्षअघिका बस्तीहरु कस्ता थिए ? त्यो सबैभन्दा पुरानो बस्ती लुम्बिनीमा थियो भन्नेकुरा प्रमाणित भइसकेको छ। हामीले सम्पदा गाउँ निर्माणका कुरा अघि बढाएका छौँ।

    पुरानो गाउँ खोजी, नयाँ पर्यटन गन्तव्य होस् भनेर ६० वटा भन्दा बढी पुराना गाउँको खोजि कार्य अघि बढाएका छौँ। सांस्कृतिक गाउँ निर्माण,नयाँ सम्पदा निर्माण अघि बढाउने भनेर कार्यविधिको ड्राफ्ट नै तयार पारिसकेका छौँ। पर्यटन दशकलाई अझ तिब्र बनउनको निम्ति कार्यान्वयन गर्न कार्यक्रम तयारी गर्दैछौँ। त्यसपछि हामी उच्चस्तरीय काममा लाग्नेछौँ ।

    नीतिको कुरा छँदैछ। पर्यटन ऐन, हाम्रो संस्कृति ऐन लगायतका थुप्रै नीति निर्माण गर्नुछ। त्यो भन्दा ठूलो पर्यटन क्षेत्रमा फड्को मार्नसक्ने नयाँ नीति, नयाँ योजना र नयाँ कार्यक्रमसहित अब हामी १ वर्षदेखि उताको काम उच्चस्तरीय कार्यक्रमतिर प्रवेश गर्दैछौँ।’

    मन्त्री किराँतीले ठूलो पर्यटन क्षेत्रमा फड्को मार्नसक्ने नयाँ नीति, नयाँ योजना र नयाँ कार्यक्रमसहित अब मन्त्रालय अघि बढ्ने बताए।