२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

बुटवल–१५ का महिलाहरुलाई सीपमूलक तालिम

बिहिवार , माघ ४, २०८०

रुपन्देही, ४ माघ ।
रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १५ का महिलाहरुलाई सीपमूलक तालिम प्रदान गरिएको छ । बढ्दो बेरोजगारी समस्यालाई समाधान गर्न ३० दिने झोला तथा लेडिज सेण्डल, जुत्ता बनाउने तालिम दिइएको वडा सदस्य तथा कार्यक्रम संयोजक रामा पौडेल पराजुलीले जानकारी दिइन् । 

सामाजिक विकास डिभिजन कार्यालय लुम्बिनी प्रदेशको आर्थिक सहयोग तथा ग्लोबल ट्रेनिङ सेन्टर र ए फोर ट्रेनिङ सेन्टर प्रा.लि.को व्यवस्थापनमा भएको तालिमको बुधबार समापन भएको हो ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सदस्यद्वय जमुना ढकाल र हेमा बेल्बासे के.सी.ले महिलाहरु आत्मनिर्भर बन्न सीपमूलक तालिम आवश्यक रहेको कुरा औल्याएका छन् । बढ्दो बेरोजगारी समस्या समाधान गर्न यस्ता तालिमले महत्वपुर्ण भूमिका खेल्ने तर्क दिदै प्रदेश सरकार महिलाहरुको पक्षमा काम गर्न तयार रहेको उनीहरुले बताए । तालिमबाट महिलाहरुले ठुलो उपलब्धि हासिल गरेको भन्दै एडभान्स तालिम ल्याउन आफूहरुले पहल गर्ने उनीहरुले प्रतिवद्वता व्यक्त गरे ।

415736588_3709073292648799_3857465609206786395_n.jpg

कार्यक्रममा बुटवल नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १५ का वडाअध्यक्ष शिव रानाले सीपमूलक तालिमबाट महिलाहरुलाई आत्मनिर्भर बनाउन लागेको बताए । प्रदेश सरकारले बुटवल–१५ का महिलाहरुलाई रोजेर यो सीपमूलक तालिम सञ्चालन गरेकोप्रति धन्यवाद प्रकट गर्दै आगामी दिनमा स्वरोजगारका कार्यक्रम ल्याउन अपील गर्ने उनले बताए । 

तालिम उपलब्धीमूलक भएको प्रशिक्षार्थी सुशिला भट्टराईले बताइन् । अब सीपमूलक तालिमबाट आत्मनिर्भरतातर्फ केन्द्रीत भएको भट्टराईले उल्लेख गरिन् । आधारभूत मात्र नभइ थप एडभान्स तालिम ल्याउन उनले माग गरिन् । नवरत्न माध्यमिक विद्यालयको हलमा भएको तालिममा ६० जना महिलाहरुको सहभागीता रहेको थियो ।