images
images

आइतवार, जेठ ६ गते २०८१

उपाध्यक्ष डा. लामा र सोङ्गबीच भेटवार्ता, गुरुयोजनाका विषयमा छलफल

उपाध्यक्ष डा. लामा र सोङ्गबीच भेटवार्ता, गुरुयोजनाका विषयमा छलफल

images
images
images
बिहिवार, माघ ४ २०८०
बिहिवार, माघ ४ २०८०
  • उपाध्यक्ष डा. लामा र सोङ्गबीच भेटवार्ता, गुरुयोजनाका विषयमा छलफल

    भैरहवा, ४ माघ । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) र नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्गबीच बिहीबार भेटवार्ता भएको छ । लुम्बिनीस्थित चिनियाँ विहारमा भएको भेटवार्तामा बृहत्तर लुम्बिनी क्षेत्रका विषयमा छलफल भएको हो । 

    images
    images
    images

    भेटमा जापानीज वास्तुविद् केञ्जे टांगेले निर्माण गरेको गुरुयोजनाको पूर्णता, चिनियाँ तीर्थयात्रीलाई लुम्बिनीमा आउने वातावरण बनाउने र लुम्बिनीको विकास र संरक्षण प्रवद्र्धनका सहकार्यका विषयमा छलफल भएको उपाध्यक्ष डा. लामाले बताए ।

    राजदुत सोङ्गले गुरुयोजनाका सन्दर्भमा चासो राखेपछि उपाध्यक्ष डा. लामाले पूर्णता दिने तयारीमा जुटेको बताएका थिए । लुम्बिनीको गुरूयोजना पूरा हुनासाथ कपिलवस्तु र रामग्राम क्षेत्रको विकासका लागि गुरूयोजना बनाउने योजनामा रहेको समेत उपाध्यक्ष डा. लामाले बताए । उनले बृहत्तर लुम्बिनी क्षेत्रको विकासका लागि सहकार्यका लागि आग्रह गरे ।

    भेटमा लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्य, कार्यकारी सदस्य राजेश शाक्य र श्याम रोक्काको उपस्थिति रहेको थियो ।

    यसैबीच चिनियाँ नयाँ वर्षको अवसर पारी बिहीबार नै चिनियाँ विहारमा प्रसाद वितरण कार्यक्रम गरिएको छ । कार्यक्रममा बोल्दै उपाध्यक्ष डा. लामाले हजारौं चिनियाँ तीर्थयात्रीलाई लुम्बिनीमा स्वागत गर्न आतुर रहेको बताए । 
    राजदूत र भिक्षु गुरुलाई धन्यवाद दिदै उपाध्यक्ष लामाले भने ‘प्रत्येक दिन, प्रत्येक महिना हजारौं चिनियाँहरुलाई लुम्बिनीमा स्वागत गर्न पाउ, त्यो दिनको पखाईमा छौं ।’ । उपाध्यक्ष लामाले आजकै दिन सुजाताले भगवान बुद्धलाई खिर खान दिएर ज्ञान प्राप्त गरेको बताउँदै यही दिन खिर बाड्न पाएकोमा खुशी व्यक्त गरे ।

    कार्यक्रममा राजदुत सोङ्गले १५ सय वर्षअघि चिनियाँ यात्रीहरु गरेको पैदल यात्रा र त्यही यात्रा वितान्तले लुम्बिनी पत्ता लगाउने सहयोग गरेको स्मरण गर्दै बुद्ध जन्मस्थल जस्तो पवित्रस्थलमा आएर प्रसाद वितरण गर्न पाउँदा निकै खुशी लागेको बताए । उनले नेपाल र चीनबीचको सम्बन्ध हजारौं वर्षदेखि सुमधुर रहेको बताउँदै बुद्धले त्यसलाई थप जोडेको बताए । उनले बुद्धको शान्ति र अहिंसाको सन्देश सबैले ग्रहण गर्नुपर्ने बताए ।

    mmmm.jpg

    कार्यक्रममा चिनियाँ अन्तर्राष्ट्रिय बुद्धिष्ट एशोसिएसनका उपाध्यक्ष युन सुङले बुद्धले सुजाता खिर खाएर ज्ञान प्राप्त गरेको दिनमा लुम्बिनीमा आएर प्रसाद वितरण गर्न पाएकोमा खुशी व्यक्त गरे । उनले राजदुत सोङ्ग, लुम्बिनी विकास कोषका उपाध्यक्षको उपस्थितिमा चिनियाँ भिक्षुभिक्षुणी र लुम्बिनीका स्थानीयको सहभागीतामा प्रसाद वितरण गर्न पाउनु आफ्नो लागि अविस्मरणीय बनेको बताए ।

    उपाध्यक्ष सुङ चिनियाँ नयाँ वर्षको सन्दर्भ पारेर भिक्षुभिक्षुणी र तीर्थयात्रीहरुको टोली लिएर लुम्बिनी आएका हुन् । प्रसाद वितरण कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालय, विभिन्न विद्यालय र स्थानीयबासीहरु गरी करिब ४ सय जनालाई प्रसाद वितरण गरिएको थियो ।

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij