२०८२, फाल्गुण ३ गते

Feb 15 2026 | २०८२, फाल्गुण ३ गते

देशलाई वृद्धाश्रम बनाउने खतराबाट मुक्त गरेरै छोड्छौँ : उपप्रधानमन्त्री श्रेष्ठ

बिहिवार , माघ ४, २०८०

  • 667
    Shares
  • 667
    Shares
  • काठमाडौं, ४ माघ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले युवालाई विदेश पठाएर देशलाई वृद्धाश्रम बनाउने खतराबाट मुक्त गरेरै छोड्ने प्रतिवद्धता जनाएका छन्।

    बिहीवार स्वतन्त्र उर्जा उत्पादक संघ ९इप्पान० को २४ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले देशलाई कुनैपनि हालतमा अल्पविकसित देशको अध्यक्ष भएकोमा गर्व गर्ने स्थितिमा नराख्ने बताए। उनले विदेश गएका युवाहरुलाई स्वदेशमै फर्काउन नयाँ ढंगबाट काम गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले उत्पादन वृद्धि, आयात प्रतिष्थापन र निर्यात वृद्धि गरेर व्यापार घाटा कम गर्ने दिशामा सरकार अघि बढीरहेको बताए।

    उनले विकासको प्रक्रियालाई नयाँ र तिब्रतासहति अहिले सरकारले काम गरिरहरेको बताए। सुशासन प्रभावकारी बनाउने र इकोनोमि एक्टिभिटी बनाउने काममा सरकार लागिपरेको बताए। उनले उत्पादन, रोजगारी बढाउने र व्यापार घाटा कम गर्ने दिशातिर देशलाई लैजानसके मात्रै युवाहरुलाई स्वदेशमै राख्न सकिने वस्तुगत आधार तयार हुने बताए। उनले अब पनि वकवक गरेर बस्ने र ढिला गर्ने समय सरकारलाई नरहेको जिकिर गरे। उनले सरकार, सरकारको संयन्त्र, निजी क्षेत्र मिलेर देशलाई कोल्टे फर्नुपर्ने आवश्यकता रहेको बताए। 

    उनले भने, ‘अर्थतन्त्रलाई लयमा ल्याउने काममा त केही प्रगति गरेका छौँ। त्यसमा पनि अझै हामीले केही काम गर्न बाँकी छ। तर त्यसबाट सन्तुष्ट भएर बस्न सकिने स्थिति छैन। हामीले अर्थतन्त्रको गतिलाई तिब्र पार्नैपर्छ। र विकासको फड्कोमा जानैपर्छ। एउटा कुरामा हाम्रो कमी भएको छ। यो देशलाई कुनै पनि हालतमा अल्पविकसित देशको अध्यक्ष भएकोमा गर्व गर्ने स्थितिमा राख्दैनौँ।

    यो देशमा युवालाई बाहिर पठाएर वृद्धाश्रम बनाउने खतराबाट यो देशलाई मुक्त गरिछोड्छौँ। यो संकल्प त्यसै पूरा हुँदैन भन्ने हामीलाई थाहा छ। नयाँ ढंगले काम गर्नुपर्छ । त्यस दिशातर्फ अघि बढ्ने क्रममा हामीले अहिले उत्पादन वृद्धि गर्ने, आयात प्रतिष्थापन गर्ने, निर्यात वृद्धि गरेर व्यापार घाटा कम गर्ने दिशामा जानुपर्छ भनेर लागेका छौँ।

    अहिलेको गतिलाई अझ बढाउनुपर्छ भन्नेमा दृढ छौँ। विकासको प्रक्रियालाई नयाँ तिब्रतासहति अहिले हामीले भनेका छौँ सुशासन प्रभावकारी बनाउने र इकोनोमि एक्टिभिटी अत्यन्तै तिब्र बनाउने हो। उत्पादन, रोजगारी बढाउने र व्यापार घाटा कम गर्ने दिशातिर लैजाने र त्यसले मात्रै हामीले विदेश जाने यो क्रमलाई रोक्ने वस्तुगत आधार तयार पार्छौं। अब वकवक गर्ने सम्य हामीसँग छैन। अब ढिला गर्ने समय छैन। सबै मिलेर सरकार, सरकारको संयन्त्र, निजी क्षेत्र मिलेर देशलाई कोल्टे फेर्नैपर्छ।’ 

    उपप्रधानमन्त्री श्रेष्ठले उर्जा क्षेत्रलाई फड्कोकारी रुपमा विकास गर्ने नीति सरकारले लिएको बताए। उनले नेपालको आर्थिक विकास र समृद्धिको यात्रा तिब्र बनाइ लगानी भित्र्याउनका लागि सरकारले सुरक्षामा कुनै कमी हुन नदिने बताए। उनले निर्माण प्रक्रियालाई तिब्र बनाउन सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने अवस्था रहेको बताए।