images
images

आइतवार, जेठ ६ गते २०८१

भारतबाट वर्षेनी अरबौं रुपैयाँको आलु आयात

भारतबाट वर्षेनी अरबौं रुपैयाँको आलु आयात

images
images
images
मंगलवार, माघ २७ २०७७
मंगलवार, माघ २७ २०७७
  • भारतबाट वर्षेनी अरबौं रुपैयाँको आलु आयात

    बुटवल, २७ माघ । कृषि प्रधान देश भनेर चिनिने हाम्रो नेपालमा भारतबाट वार्षिक अरबौं रुपैयाँको आलु आयात हुने गर्दछ ।

    images
    images
    images

    बुटवलस्थित कृषि उपज केन्द्रमा मात्र वार्षिक करिब ६० करोडको आलु भारतबाट आयात हुन्छ भने मासिक करोडौँ रुपैयाँ भारततर्फ जान्छ । 

    यहाँ गत आर्थिक वर्ष ०७६÷७७ मा कुल ६० करोड बराबरको आलुको कारोबार भएकोमा २ करोडको आलु मात्र नेपाली उत्पादन र ५८ करोड रुपैयाँको भारतीय आलुको कारोबार भएको थियो ।

    नेपालमै तरकारी तथा फलफुलको कारोबार हुने दोस्रो ठुलो बजार बुटवलस्थित कृषि उपज केन्द्रका अनुसार यहाँ वार्षिक करिब १ लाख टन आलु भारतबाट मात्रै आयात हुन्छ । 

    यहाँबाट काठमाडौँ, पोखरा, बाग्लुङ्ग, गुल्मी, पाल्पा, स्याङ्गजा, प्यूठान, दाङ्ग, रोल्पा, अर्घाखाँची लगायतका स्थानमा आलु विक्री वितरण हुने व्यवसायीहरु बताउँछन ।

    नेपालमा सबै क्षेत्र र सबै हावापानीमा आलु उत्पादन गर्न सकिने भए पनि सरकारी उदासिनता र जनतामा कृषि पेशाप्रति मोहभंग बढ्दै गएकोले यो अवस्था आएको तरकारी तथा फलफूल व्यवसायी कलाधर पन्थीले बताए । 


    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij