images
images

आइतवार, जेठ ६ गते २०८१

पूर्वमन्त्री ज्ञवालीद्वारा सगहरवामा सञ्चालित कार्यशालाको अवलोकन

पूर्वमन्त्री ज्ञवालीद्वारा सगहरवामा सञ्चालित कार्यशालाको अवलोकन

images
images
images
शनिवार, माघ ६ २०८०
शनिवार, माघ ६ २०८०
  • पूर्वमन्त्री ज्ञवालीद्वारा सगहरवामा सञ्चालित कार्यशालाको अवलोकन

    लुम्बिनी, ६ माघ ।
    कपिलवस्तु नगरपालिका वडा नम्बर ९ स्थित सगरहवामा सञ्चालित कपिलवस्तु राष्ट्रिय मूर्ति कार्यशालाको पूर्वमन्त्री प्रदीप कुमार ज्ञवालीसहितको टोलीले अवलोकन गरेको छ । 

    images
    images
    images

    प्राचीन शाक्य गणराज्य कपिलवस्तुको पतनसँग सम्बन्धित सगरहवाको पुरातात्विक, ऐतिहासिक पक्षलाई प्रस्तरमा उतार्ने गरी पुस २३ देखि कार्यशाला चलिरहेको छ । 

    लुम्बिनी विकास कोष, कपिलवस्तु नगरपालिका, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानसहित विभिन्न सरकारी र स्थानीय संघ–संस्थाको आयोजनामा सञ्चालित कार्यशालाको पूर्व संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री तथा नेकपा (एमाले) का उपमहासचिव ज्ञवालीले शुक्रबार निरीक्षणसहित निर्माणधिन मूर्तिहरुको अवलोकन गरेका हुन् । 

    अवलोकन पश्चात पूर्वमन्त्री ज्ञवालीले कलाकारहरुले हजारौं शाक्यहरुको सामूहिक बध गरिएको स्थल सगरहवाको त्रासदी र ऐतिहासिक पक्षलाई झल्काउने गरी मूर्ति निर्माण हुनु राम्रो भएको बताए । उनले अवलोकन पश्चात सामाजिक सञ्जालमार्फत अवलोकनको अवसर पाएकोमा खुशी व्यक्त गरेका छन ।

    ‘कपिलवस्तु पुगेका बेला हजारौँ शाक्यहरूको सामूहिक बध गरिएको स्थल सगरहवा (लम्बुसागर) पुग्ने अवसर जुर् यो । शुध्दोधन दरबारकै कन्या वासकबतियाबाट जन्मिएका कोशल राजकुमार बिरूध्दक (बिरूढव) लाई कपिलवस्तु मामाघर आएका बेला दासीपुत्र भनेर अपमान गरिएको र त्यो थाहा पाएर उनले आफ्ना सेना जम्मा गरी कपिलवस्तुमा आक्रमण गरेको र ज्यान जोगाउन सगरहवामा लुकेका हजारौँ शाक्यहरूको बध गरेका थिए भन्ने भनाइ रहेछ । पुरातात्विक उत्खननले त्यसका केही प्रमाणहरू जुटाएको पनि पाइयो । आक्रमण गरेर आफ्नो राज्य कोशल फर्किँदै गर्दा उनीहरूलाई रापतीको बाढीले बगाएको पनि भनिँदो रहेछ ।
    त्यसै स्थानमा गोविन्द चौधरी लगायत कलाकारहरूले त्यस त्रासदीलाई झल्काउने प्रस्तर मूर्तिहरू बनाउँदै हुनुहुँदो रहेछ । उहाँहरूसँग भेट्न र मूर्ति निर्माणको काम अवलोकन गर्न पाउँदा खुशी लाग्यो, ’ पूर्वमन्त्री ज्ञवालीले फेसबुकमा लेखेका छन । 

    उनले सगहरवा जस्तो महत्वपूर्ण स्थानबारे जानकारी पाएकोमा खुशी व्यक्त गर्दै मूर्तिकलाले त्यस क्षेत्रको विकास गर्ने बताए । उनले मूर्तिकलाको समग्र विकासका लागि समेत प्रतिवद्धता जनाएका छन्  । 

    उक्त अवसरमा पूर्वमन्त्री ज्ञवालीलाई लुम्बिनी विकास कोषका कार्यकारिणी सदस्य रामनरेश कोहार, मूर्तिकला कार्यशाला सचिवालय सदस्य ललित गुरुङ लगायतले स्वागत गरेका थिए ।

    ज्ञवालीसँगै एमाले कपिलवस्तुका पूर्व अध्यक्ष झविलाल पोख्रेल, प्राध्यापक गुणखर गैरैलगायतका स्थानीय नेताहरुको उपस्थिति रहेको थियो । कार्यशाला माघ ८ गतेसम्म सञ्चालन हुनेछ ।
     

     

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij