२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

रुपन्देही व्यापार संघको अध्यक्षमा दीपक अधिकारी विजयी

शनिवार , माघ ६, २०८०

रूपन्देही, ६ माघ । रुपन्देही व्यापार संघको अध्यक्षमा दीपक अधिकारी निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न संघको १२ औं अधिवेशनबाट आफ्ना प्रतिष्पर्धी डिल्लीराज भण्डारीलाई ८० मतको अन्तरले हराउँदै अधिकारी अध्यक्षमा निर्वाचित भएका हुन् ।

यसअघि द्वितीय उपाध्यक्ष रहेका अधिकारीले ५४३ मत ल्याएर विजयी भए भने संघका वरिष्ठ उपाध्यक्ष रहेका भण्डारीले ४६३ मत पाए ।

अधिकारी र भण्डारीले अलगअलग प्यानल बनाएर निर्वाचन लडेका थिए । संघको पदाधिकारी र सदस्यहरुमा दुवै प्यानलको मिश्रित परिणाम आएको छ ।

संघको प्रथम उपाध्यक्षमा भण्डारी प्यानलका दयानिधि भण्डारी विजयी भएका छन् । भण्डारीले ५३५ मत पाएर विजयी हुँदा उनका प्रतिष्पर्धी अधिकारीको प्यानलका ऋषिराम पाण्डेले ४४७ मत पाए ।

त्यसै गरी द्वितीय उपाध्यक्षमा ५५७ मतका साथ अधिकारी प्यानलकै प्रेमनाथ पाण्डे बिजयी भएका छन् । उनका प्रतिष्पर्धी भण्डारी प्यानलका नामदेव पाण्डेले ४११ मत प्राप्त गरे । संघको कोषाध्यक्षमा अधिकारी प्यानलकै मनिराम खनाल ५४४ मतका साथ विजयी भए भने भण्डारी प्यानलका झविन्द्र प्रसाद अधिकारीले ४५२ मत प्राप्त गरे ।

त्यसै गरी सचिव पदमा भण्डारी प्यानलका मनोहरी बस्याल ५२९ मतसहित विजयी हुँदा उनका प्रतिष्पर्धी अधिकारी प्यानलका मनिमदिन मियाले ४३८ मत प्राप्त गरे ।

सह–सचिव पदमा भण्डारी प्यानलकै प्रकाशराज पौडेलले ५४८ मतसहित विजयी भए भने उनका प्रतिष्पर्धी अधिकारीको प्यानलका मेघनाथ पौडेलले ४४६ मतमा पाए । सह–कोषाध्यक्ष पदमा ५१९ मतसहित अधिकारीको प्यानलका अर्जुन प्रसाद भट्टराई विजयी हुँदा भण्डारी प्यानलका बिनित भटराईले ४८५ मत प्राप्त गरे ।

संघको वरिष्ठ उपाध्यक्षमा प्रकाश ढकाल र महासचिवमा फर्शुराम पन्त यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए ।

संघको सदस्य पदमा केदारनाथ नेपाल, टेकराज पन्थी, बृन्दा भट्टराई आचार्य, ईश्वरा देवकोटा, अशोक ज्ञवाली, गकुल ज्ञवाली, गोबिन्द प्रसाद चापागाई, घनश्याम भुसाल, जयलाल न्यौपाने, जिवनारायण घिमिरे, जीवलाल पौडेल विजयी भएका छन् ।

त्यसै गरी सदस्य पदमै शोभा कुमारी जोशी क्षेत्री, नलराज नेपाल, बालकृष्ण बस्याल, माधव प्रसाद ज्ञवाली, रितेश ज्ञवाली र राजु श्रेष्ठ विजयी भएका छन् ।

कुल १ हजार ६ सय १ जना मतदाता रहेको संघको निर्वाचनमा १ हजार ८७ मत खसेको थियो । साँझ ८ बजे सुरु भएको मतगणनाको अन्तिम परिणाम राति ३ बजे घोषणा भएको थियो ।