
शनिवार , माघ ६, २०८०
भैरहवा, ६ माघ ।
लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले लुम्बिनी प्रदेशलाई विश्वमै पर्यटनको प्रदेशको रुपमा चिनाउने बताएका छन् । उनले प्रदेशलाई विभिन्न वस्तु उत्पादन गर्ने र पर्यटनको प्रदेशको रुपमा चिनाउने बताए ।
लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालयले शुक्रबार राप्ती उपत्यका (देउखुरी) दाङमा आयोजना गरेको माघी मिलन कार्यक्रममा मन्त्री पाण्डेयले यस्तो बताएका हुन् । उनले पर्यटनको माध्यमबाट लुम्बिनी प्रदेशलाई आर्थिक रुपमा सम्पन्न बनाउन सकिने उल्लेख गरे ।
उनले लुम्बिनी प्रदेश सरकारले स्थानीय उत्पादनलाई ब्राण्डिङ गर्ने, बजारीकरण र व्यवस्थापन गर्ने नीति लिएको बताए । उनले भने, ‘यसलाई प्रदेश सरकारले गम्भिरताका साथ लिनेछ । ’
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाण्डेयले आम जनसमुदाय र विभिन्न क्षेत्रसँग जोडिने र परिणाम ल्याउने गरी काम गर्ने बताए । उनले प्रदेशमा रहेका विभिन्न संस्कृतिको संरक्षण र प्रचारप्रसार गरिने बताए । उनले माघी पर्व थारुहरुको नयाँ वर्ष भएको र यसले आपसी भाइचारा र एकताको सन्देश दिने बताए ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले प्रदेशलाई अधिकार दिन केन्द्र सरकार तयार हुनुपर्ने बताए।
कार्यक्रममा सभामुख तुलाराम घर्ती मगर, निवर्तमान मुख्यमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता लिला गिरी,मन्त्री, प्रदेश सभा सदस्य, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिलगायतको सहभागीता रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij