images
images

आइतवार, जेठ ६ गते २०८१

सगरहवा मूर्ति कार्यशाला सकियो

सगरहवा मूर्ति कार्यशाला सकियो

images
images
images
सोमवार, माघ ८ २०८०
सोमवार, माघ ८ २०८०
  • सगरहवा मूर्ति कार्यशाला सकियो

    लुम्बिनी, ८ माघ ।
    कपिलवस्तुको ऐतिहासिक, पुरातात्विक स्थल सगरहवामा पुस २३ गतेदेखि सुरु भएको प्रथम कपिलवस्तु राष्ट्रिय मूर्तिकला कार्यशाला सोमबार सकिएको छ । लुम्बिनी विकास कोष मुख्य आयोजक, कपिलवस्तु नगरपालिका, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाण्डौ, पर्यटन डिभिजन कार्यालय लुम्बिनी प्रदेश रुपन्देहीसहित स्थानीय संघ–संस्थाहरुको आयोजनामा कार्यशाला १५ दिनका दिन एक समारोहकाबीच समापन गरिएको हो । 

    images
    images
    images

    राष्ट्रियस्तरमा ख्यातीप्राप्त १५ जना मूर्तिकार र १५ जना सहयोगी मूर्तिकाहरुले सगरहवासँग सम्बन्धित बिषयमा रहेर १८ वटा मूर्ति तयार पारेका छन् ।  

    कार्यशाला समापनमा बोल्दै राष्ट्रिय सभा सदस्य विमला घिमिरेले लुम्बिनी विकास कोषले कपिलवस्तुको विकासमा वेवास्ता गरेको जनस्तरमा गुनासो भइरहेको बेला सगरहवाको ऐतिहासिकता ढुंगामा कुँदेर सम्बोधन गरेको बताइन् । उनले कपिलवस्तु खुल्ला संग्रालयका रुपमा रहेको तर यहाँको बुद्धकालिन स्थलहरुको प्रचारप्रसार र विकास हुन नसकेको बताइन् । 

    त्यस्तै लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री विष्णु पन्थीले सगरहवामा स्थानीयहरुको अपनत्वमा कार्यशाला मार्फत पर्यटनको निभ शुरु भएको बताए । उनले सगरहवाको ऐतिहासिकता, पुरातात्विक महत्व बुझाउन र जगदीशपुर क्षेत्रलाई पर्यटन प्रवद्र्धनमा कासेढुंगा सावित हुने बताए । सांसद् पन्थीले सगरहवामा भएको कार्यशालाको देशभरी प्रचार भएको बताउँदै यो कार्यशाला कसैका लागि नभई सिंगो कपिलवस्तुबासीका लागि भएको बताए । 

    नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कपिलवस्तुमा सञ्चालित मूर्ति कार्यशाला प्राज्ञिक, साँस्कृतिक, प्र्राविधिक र ऐतिहासिक काम भएको बताए । उनले सर्जकहरुले निकै मिहिनेतका साथ सगरहवाको ऐतिहासिक र यहाँको कथालाई मूर्तिमा उतार्ने काम गरेको बताए । उनले यस्ता कला र प्राज्ञिक कामका लागि प्रदेश र स्थानीय तहमा पनि प्रज्ञा प्रतिष्ठानहरु स्थापना गर्न आग्रह गरे । 

    कार्यक्रममा कार्यशाला निर्देशक समितिका संयोजक एंव लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले सगरहवाको पुरातात्विक स्थलको ऐतिहासिकता उजागर गर्न र यहाँको पर्यटन प्रवद्र्धनका लागि जनतासँग मिलेर पहिलोपटक नयाँ मोडेलमा काम गरेको बताए । उनले ठेक्कापट्टाबाट गरिने कामले जनतालाई जोड्न नसकिने बताउँदै ओझेलमा परेको सगरहवाको ऐतिहासिकता र महत्व अब मूर्तिमार्फत आम नागरिकले बुझ्न पाउने बताए । उनले मूर्ति कार्यशालाबाट तयार भएका मूर्तिहरुको दीगो संरक्षण र व्यवस्थापनका लागि स्थानीय समुदायबीच एकता र सहकार्य आवश्यक रहेको बताए । 

    त्यसै गरी कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेलले कुनै बेला आफू लुम्बिनी विकास कोषले कपिलवस्तुलाई हेरेन भनेर देशभरी साईकल यात्रा गरेको स्मरण गर्दै अहिले कार्यशाला गरेर कोषले कामको सुरुवात गरेको बताए । उनले मूर्ति बन्नेबितिकै पर्यटकहरुको ओइरो लाग्ने नभइ कामको सुरुवात भएकाले सबै मिलेर अगाडि बढनुपर्नेमा जोड दिए । नगरप्रमुख पौडेलले अब कपिलवस्तुका बुद्धिष्ट साईटहरुको गुरुयोजना बनाएर अगाडि बढ्नुपर्ने बताए । 

    कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान मूर्तिकला विभाग प्रम्रख दिनेश्वर महतो, विज्ञ समितिका संयोजक पोमनारायण पौडेल, कार्यशाला सचिवालय सदस्य ललित गुरुङ, कुमारी बैंकका क्षेत्रीय प्रबन्धक राममनि अधिकारी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका ल्ुम्बिनी प्रदेश डेपुटी प्रबन्धक ज्ञानेन्द्र पन्त, दामोदर सापकोटा लगायतले बोल्दै कार्यशाला सफलतापूर्वक सम्पन्न भएको बताए ।  

    कार्यशाला समापनमा मूर्तिकार, कार्यशालाका लागि सहयोग गरेका विभिन्न संस्था, नेपाल पत्रकार महासंघ कपिलवस्तु, विभिन्न स्थानीय आमा समूह, होमस्टे, उपसमिति, स्थानीय जनप्रतिनिधि र विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । 

    उक्त अवसरमा कार्यशालामा मूर्तिकारहरुको खर्च लुम्बिनी विकास कोषका तर्फबाट नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमार्फत भुक्तानीका लागि २६ लाख २५ हजारको चेक कार्यक्रममै प्रदान गरिएको थियो  । प्राचिन कपिलवस्तु राज्यको पतनको मुख्य कारण मानिएको सगहरवामा शाक्यहरुको सामूहिक नरंसहारको घटनालाई प्रस्तरमा उतार्नका लागि कार्यशाला गरिएको थियो । 

    कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवाबाट ९ किलोमीटर र तिलौराकोटवाट ६ किलोमीटर उत्तरमा रहेको छ भने पूर्व पश्चिम राजमार्गको बनगाईबाट ७ किलोमीटर तथा नेपालको दोस्रो पंक्षी आरक्ष जगदिशपुर तालको दक्षिणमा रहेको छ । 

    सगरहवा तालको पश्चिम र दक्षिण भागमा शाक्यहरूले आफ्नो वंशको नरसंहार भएपछि उनीहरुको सम्झनामा सयौं स्तुुपहरूको निर्माण गरेको चीनियाँ यात्री हुुयन् साङ्को सन् ६३६ को यात्रा वृतान्तमा उल्लेख गरिएको पाइन्छ । सन् १८९७ मा डा. फुुरर्हरद्वारा गरिएको उत्खनन् तथा अन्वेषणमा शाक्य सेनाहरुको सम्झनामा १७ वटा निर्माण गरिएका ठूूलो वर्गाकार स्तुपहरु र धेरै संख्यामा साना स्तुप भेटिएको थियो ।

    स्तुपभित्र हड्डी, सुन, चाँदी, क्रिस्टल तथा रुबी जस्ता सामग्री प्राप्त भएका थिए । जगदिशपुर तालको काखैमा रहेको लम्बु सागर रुपमा परिचित सगरहवा ५८ विघा क्षेत्रफलमा फैलिएको छ । 

    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij