२०८२, कार्तिक २४ गते

Nov 10 2025 | २०८२, कार्तिक २४ गते

बीमक समिति एलआईसी नेपाल भैरहवा शाखाको अध्यक्षमा भुपेन्द्र

मंगलवार , माघ ९, २०८०

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • भैरहवा, ९ माघ । 
    पेशागत अभिकर्ता बीमक संघ बीमक समिति लाइफ इन्स्योरेन्स नेपाल लिमिटेड भैरहवा शाखाको अध्यक्षमा भुपेन्द्रचन्द्र यादव सर्वसम्मत निर्वाचित भएका छन् । भैरहवामा भएको विशेष पहिलो अधिवेशनको बन्द सत्रबाट यादवको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन भएको हो । पहिलो विशेष अधिवेशनले १७ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो ।

    निर्वाचन समितिका अनुसार शाखाको उपाध्यक्षमा शंकर तेली गुप्ता निर्वाचित भएका छन् । कार्यसमितिको सचिवमा लक्ष्मी केसी, सह–सचिवमा पुरन हितांगा र कोषाध्यक्षमा सुरेन्द्र यादव रहेका छन् । त्यसै गरी सदस्यहरुमा सुरेन्द्र त्रिपाठी, सुरज भण्डारी, घरणी घिमिरे खनाल, कृष्ण मुरारी गुप्ता, सुशिला कँुवर, मनोज कुमार निसाद, सुक बहादुर बरई, माधब पौडेल, सुरेश गुप्ता, अशोक बरई, सीता कार्की र बाबुराम कुर्मी रहेका छन् ।

    416026122_407499845074258_667254438968334950_n.jpg

    पेशागत बीमा अभिकर्ता संघ, बीमक समिति लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालका केन्द्रिय सह–सचिव गोबिन्द प्रसाद गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शाखा स्थापनाको ६ वर्षपछि मात्रै शाखाले नेतृत्व पाएकोमा निर्वाचित समितिलाई गिरीले बधाई दिए ।

    बीमक समिति लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड तौलिहवा शाखाका अध्यक्ष दीपक कुमार पासीले संगठनमा हातेमालो गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

    कार्यक्रममा बिन्ध्याचल यादव, प्रकाश लम्साल, शंकर गुप्ता, पुरन हुतङ्गले सबैलाई मिलाएर उत्कृष्ट शाखा बनाउने प्रतिवद्धता व्यक्त गरे 

    नवनिर्वाचित अध्यक्ष यादवले आफूहरुलाई विश्वास गरेर सर्वसम्मत रुपमा नेतृत्वको अवसर प्रदान गरेको भन्दै अभिकर्ता सदस्यहरुलाई धन्यवाद ज्ञापन गरे । उनले शाखाको हक हितमा काम गर्ने, पेशागत अभिकर्ताको अधिकार सुरक्षित गर्नका लागि संघको नेतृत्व निरन्तर सक्रिय रहने प्रतिवद्धता समेत व्यक्त गरे ।
    अभिकर्ता धर्मणी खनाल घिमिरेको संयोजन तथा लक्ष्मी केसीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।