२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

निर्वाचन आयोगलाई अर्थ मन्त्रालयद्वारा ७ अर्ब रुपैयाँ चुनावी खर्च उपलब्ध

बुधवार , माघ २८, २०७७

काठमाडौं, २८ माघ।

सरकारले आगामी वैशाख १७ र २७ गते हुने भनिएको प्रतिनिधी सभाको निर्वाचनका लागि पहिलो चरणमा ७ अर्ब रुपैयाँ गराउने भएको भएको छ । अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचन आयोगलाई पहिलो चरणमा ७ अर्ब बराबरको स्रोत उपलब्ध गराएको जानकारी दिएका छन्। 

गत पुस ५ गते सरकारको सिफारिसमा राष्ट्रपतिद्धारा प्रतिनिधि सभा विघटन गर्दै आगामी वैशाखको १७ र २७ मा निर्वाचन गर्ने घोषणा गरिएको थियो। अर्थमन्त्री पौडेलले खर्च नहुने विभिन्न क्षेत्र तथा आयोजनाको रकम निर्वाचनमा खर्च गर्ने गरी बजेट निर्धारण गरिएको प्रष्ट पार्दै निर्वाचनमा हुने खर्चलाई मितव्ययी बनाउने समेत जानकारी दिएका छन्। 

यसअघि निर्वाचन आयोग पुगेर प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल र अर्थमन्त्री पौडेलले निर्वाचनको तयारीबारे छलफल गरेका थिए। सो अवसरमा मन्त्री पौडेलले निर्वाचन आयोगलाई पहिलो किस्ता वापत उक्त बजेट उपलब्ध गराईने निर्णय भएको सुनाएका थिए। अर्थ मन्त्रीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन अन्तर्गत एमसिसि परियोजना सम्बन्धी संसद्बाट हुनुपर्ने अनुमोदन नयाँ संसद् गठन भएपछि हुने बताए। 

सो अवसरमा अर्थ सचिव शिशिरकुमार ढुङ्गानाले सो बहुचर्चित एमसिसि परियोजनाका लागि स्रोत सुनिश्चित गरिएको बताएका छन्। प्रसारण लाइन र सडक परियोजनाका लागि आवश्यक पर्ने जग्गा प्राप्तिको काम अगाडि बढाउन उक्त स्रोतबाट खर्च गरिने जानकारी दिदै सचिव ढुंगानाले प्रसारण लाइनतर्फ नुवाकोटको रातमाटेमा जग्गा प्राप्तिको काम अगाडि बढेको जनाएका छन्।।