आइतवार , माघ १४, २०८०
लुम्बिनी, १४ माघ ।
बुद्ध जन्मस्थल लुम्बिनीमा विश्व शान्तिको कामनासहित गरिएको महागुरु भूम्छोक एंव मोन्लम पूजा आइतबार सकिएको छ । मायादेवी मन्दिर अगाडि एक लाख मन्त्रोउच्चारणसहितको महागुरु भूम्छोक एंव प्राणीधान मोन्लम पूजा गरिएको हो ।
पूजामा विश्व शान्तिको कामना, प्रकृति, प्राणी जगतको भलाइका लागि प्राथना र कामना गरिएको लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले बताए । उनले आफू उपाध्यक्षको रुपमा आएपछि धार्मिक गतिविधिलाई बढावा दिन यसपटक रिपोन्छे, लामा गुरु, भिक्षु, आनीहरुको उपस्थितिमा पवित्रस्थल लुम्बिनीमा भूम्छोक र मोन्लम गरिएको बताए । एकलाख मन्त्रोउच्चारण गरी विश्व शान्तिको कामना गर्दै प्राथना गरियो, प्रख्यात रिपोन्छे, चिनियाँ बलिउड स्टार जेट्ली समेत बस्नुभयो’ उपाध्यक्ष लामाले भने । उनका अनुसार अर्को बर्ष यस्ता पुजा बढाउने योजना रहेको बताए ।
महागुरु बुमटस्क फर वल्र्ड पिसको आयोजनामा सुरु भएको मोन्लम पूजामा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) सहित प्रथम खान्डो छिरिङमा रिपोन्छे, छोग्न्यी रिपोन्छे, टुङ्गो कर्मा साङम्बो रिपोन्छेले बिहीबारदेखि भूम्छोकमा सहभागी थिए ।
यसका साथै रिपोछेहरुसहित विभिन्न गुम्बाहरुका लामा, आनी एकै ठाउँमा भेला भई लगातार मन्त्रोच्चारण र पाठ गर्दा लुम्बिनी गुञ्जायमान भएको थियो ।
मोल्नम पूजामा चिनियाँ चर्चित चलचित्रकर्मी समेत रहेका हलिउड स्टार जेट्ली सहभागी भए । भगवान बुद्धका उपदेशहरु पाठ गर्दै बोद्धिसत्व र विश्व शान्तिको कामना गरिएको हो ।
पूजा अवधिभर प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री वर्षमान पुन, पूर्वसभामुख ओनसरी घर्ती, प्रदेश सरकारका सचिव, साईकलयात्री र विभिन्न स्वदेशी र विदेशी तीर्थयात्रीहरु सहभागी भएका थिए । लुम्बिनी विकास कोषले मोन्लम जस्ता पूजाहरुलाई नीतिगत रुपमा प्रोत्साहन गर्दै आएको जनाएको छ छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij