२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

तेस्रो युवा उद्यमी सम्मेलन–२०२४ रुपन्देहीमा

आइतवार , माघ १४, २०८०

बुटवल, १४ माघ ।
युवा उद्यमी मञ्च रुपन्देहीको आयोजनामा ‘तेस्रो युवा उद्यमी सम्मेलन–२०२४’  सम्मेलन शनिबार सम्पन्न भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका कोटिहवास्थित टाइगर प्यालेस रिसोर्टमा आयोजना भएको कार्यक्रममा प्रमुख अतिथि, ज्योति ग्रुपका निर्देशक सौरभ ज्योति, प्रमुख वक्ताका रुपमा निमबुस समूहका एमडी आनन्द बगारिया, प्यानल छलफलमा मध्यस्तकर्ता पत्रकार रुपेश श्रेष्ठ रहेका थिए । 

कार्यक्रममा प्यानल सदस्यमा नेपाली युवा उद्यमी मञ्च रुपन्देहीका संस्थापक अध्यक्ष आनन्द वझ, एनएमबी बैंक लिमिटेडका एमएसएमई र एसएमई प्रमुख उत्सव घिमिरे, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवल प्रसाद भण्डारी, एकादेशमा कम्पनीका सह–संस्थापक तथा सीईओ अनुजा राजभण्डारीको सहभागीता रहेको थियो ।

f9212d10-eabb-4c4f-b44f-65101ba855c9.jpeg

त्यस्तै उद्यमी प्रेरणादायक कथा सुनाउन पूर्व मिस नेपाल तथा माकुसे ब्राण्डका प्रमुख कार्यकारी अधिकृत अनुष्का श्रेष्ठ, दराज नेपालका बजार प्रमुख प्रशान्त बुर्लाकोटी, उद्यमशीलता यात्रा ओहो केक काठमाडौंका प्रमुख सन्तोष पाण्डे, हाइलाइफ फूड र पहाडी फूडका सञ्चालक प्रशान्त घिमिरे, इभी पावर इनर्जी एण्ड फर्टिलाइजर प्रा.लि. का सञ्चालक अभिरथ अग्रवाल, काठमाडौं किंग्स कलेज का डिजिटल रणनीति प्रमुख आलोक खत्री लगायतको विशेष उपस्थिति रहेको थियो । 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उज्जवल कसजु,  बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्याल, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर प्रसाद श्रेष्ठ, युवा उद्यमी मञ्च का केन्द्रीय अध्यक्ष साहारा जोशी, रुपन्देहीका अध्यक्ष सन्देश श्रेष्ठ लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।  

सम्मेलनमा रुपन्देही र अन्य विभिन्न स्थानमा १४ वटा स्टल समेत सहभागी रहेका थिए ।

अध्यक्ष श्रेष्ठले संस्थाले यसअघि दुईपटक जुत्ता मेला र २०१८ मा पहिलो  महिला उद्यमी सम्मेलन, २०२१ मा पहिलो युवा उद्यमी सम्मेलन, २०२२ मा दोसो युवा उद्यमी सम्मेलन सफलतापूर्वक सम्पन्न भएको जानकारी दिए । त्यसै गरी यही वर्ष रुपन्देहीमा पहिलो उद्यमी बुटक्याम्प २०२३ पनि सफलतापूर्वक सम्पन्न गरेको जानकारी दिए ।