
बुधवार , माघ २८, २०७७
भैरहवा, २८ माघ ।
माछापुच्छ्रे बैंक लिमिटेड र सिद्धार्थ विश्वज्योति प्रा.लि. का ग्राहकहरुले फोर्स मोटर्स ब्रान्डका कर्मसियल गाडी खरिदमा माछापुच्छ्रे बैंकले सहुलियत दरमा कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता पत्रमा सिद्धार्थ फोर्स मोटर्सको तर्फबाट अध्यक्ष दिनेश मान अमात्य र निर्देशक प्रविन भारी तथा माछापुच्छ्रे बैंकको तर्फबाट प्रदेश प्रबन्धक उज्जल पाण्डेले हस्ताक्षर गरेका थिए ।
सम्झौता अनुसार माछापुच्छ्रे बैंकले देशमा रहेका डिलरबाट फोर्स ब्रान्डको नयाँ कर्मसियल गाडी खरीद गर्न चाहने ग्राहकलाई सरल र सहज रुपमा सेवा प्रदान गर्नेछ । अब फोर्स मोटर्स ब्रान्डका गाडी किनि स्वरोजगार हुने मौका नगुमाउन कम्पनीका म्यानेजरद्धय नवराज मरासिनी र सन्तोष ज्ञवालीको आग्रह छ ।
फोर्स मोटर्सको गाडीमा लामो समयको वारेन्टी अवधि र बलियो अत्याधिक इन्धन माइलेज दिने सर्भिस इञ्जिनियर युवराज कार्कीले बताए । स्पेयर पार्टसको लागि नेपालको हरेक कुना काम्चामा उपलब्ध गराउने एवं उपलब्ध रहेको स्पेयर म्यानेजर राहुल गुप्ताले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij