
बिहिवार , माघ १८, २०८०
भैरहवा, १८ माघ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिक वडा नम्बर २ स्थित श्री बहिरा बाल माध्यमिक विद्यालयमा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ । श्री लीलाराम–कुन्तीदेवी न्यौपाने प्रतिष्ठान, काठमाण्डौंद्वारा वि.सं. २०७५ साल वैशाख २५ गते विद्यालयमा स्थापित अक्षयकोषको रकम २ लाख ५० हजारबाट प्राप्त ब्याजबाट ३६ जना विद्यार्थीहरुलाई बुधबार छात्रवृत्ति वितरण गरिएको हो । प्रतिविद्यार्थी रु. २ हजार ५ सयका दरले ३६ जना विद्यार्थीहरुलाई छात्रवृत्ति (शैक्षिक सामग्री) वितरण गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगराज पाण्डेयको अध्यक्षता, श्री लीलाराम–कुन्तीदेवी न्यौपाने प्रतिष्ठानकी संरक्षक कुन्तीदेवी न्यौपानेको प्रमुख आतिथ्यता तथा विष्णु प्रसाद ढकालको सञ्चालनमा भएको कार्यक्रममा सिद्धार्थनगर–२ का वडाअध्यक्ष छेदीलाल श्रीवास्तव, विद्यालयका प्रधानाध्यापक भिम बहादुर थापा, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, शिक्षक, कर्मचारी, अभिभावकलगायतको सहभागीता रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij