२०८२, भाद्र २५ गते

Sep 10 2025 | २०८२, भाद्र २५ गते

टाइगर प्यालेसको क्यासिनो छिट्टै सञ्चालनमा आउँदै

बिहिवार , माघ १८, २०८०

  • 1.7K
    Shares
  • 1.7K
    Shares
  • भैरहवा, १८ माघ । टाइगर प्यालेस रिर्सोटको क्यासिनो सञ्चालनको बाटो खुलेको छ । रुपन्देहीको तिलोत्तमामा रहेको पाँचतारे होटल टाइगर प्यालेसमा रहेको क्यासिनोको सञ्चालनका लागि बाँकी तिर्नुपर्ने बक्यौता होटलले तिरेपछि क्यासिनो सञ्चालनको बाटो खुलेको हो । 

    पर्यटन विभागका निर्देशक कालिबहादुर भुजेलले टाइगर प्यालेसमा सञ्चालित क्यासिनोले तिर्न बाँकी २२ करोड ६० लाख रुपैयाँ बक्यौता भुक्तानी गरेपछि क्यासिनो सञ्चालनको बाटो खुलेको बताए । साथै, बैंक ग्यारेण्टीवापत २५ करोड ९० लाख रुपैयाँ तिरेको छ । उनले बक्यौता भुक्तानी र बैंक ग्यारेण्टीसमेत जोड्दा टाइगर प्यालेसले एक साथ करिब ५० करोड तिरेको जानकारी दिए ।

    होटलका अध्यक्ष बुद्धिसागर सुवेदीले अबको केही दिनभित्रै क्यासिनो सञ्चालनमा आउने बताए । टाइगर प्यालेस अहिले नयाँ व्यवस्थापनले किनेर चलाइरहेको छ । यो होटललाई हिमालयन टाइगर इन्भेष्टमेन्ट इंकले खरिद गरी सञ्चालनमा ल्याएको हो।