images

शुक्रवार, चैत्र १६ गते २०८०

भलवारीमा १७ करोडको लगानीमा सञ्चालनमा आयो हिडन प्यालेस

भलवारीमा १७ करोडको लगानीमा सञ्चालनमा आयो हिडन प्यालेस

images
images
images
बिहिवार, माघ २९ २०७७
बिहिवार, माघ २९ २०७७
  • भलवारीमा १७ करोडको लगानीमा सञ्चालनमा आयो हिडन प्यालेस

    भैरहवा, २९ माघ । 
    रुपन्देहीको तिलोत्तमा नगरपालिका–७ स्थित भलवारीमा करिब १७ करोडको सञ्चालनमा हिडन प्यालेस प्रा.लि. सञ्चालनमा आएको छ । लुम्बिनीको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्धेश्यले भलवारीमा हिडन प्यालेस (होटल) प्रा.लि. सञ्चालनमा ल्याइएको प्रा.लि.का अध्यक्ष अन्जु शर्मा खनालले बताइन् । 

    images
    images
    images

    मुलुकको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको होटल तथा पर्यटन व्यवसायबाट मुलुकलाई समृद्धितर्फ अगाडि बढाउने सरकारी लक्ष्यलाई सार्थक बनाउन होटल व्यवसायमा प्रवेश गरिएको उनले बताइन् । भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट आउने र लुम्बिनी आउने विभिन्न मुलुकका पर्यटकलाई लक्षित गरी  होटल सञ्चालनमा ल्याइएको खनालले बताइन् ।

    ‘हामीले २०७० सालमा एउटा सामान्य खालको पार्टी प्यालेस बनाउने निर्णय ग¥यौ, त्यसै क्रममा हाम्रो योजना परिवर्तन भयो, हामीले सामान्य खालको पार्टी प्यालेसको सट्टा सुविधासम्पन्न होटल बनाउने निर्णयमा पुग्यौ, फलस्वरुप हामीले हिडन प्यालेस बनाउने निष्कर्षमा पुग्यौ, उनले भनिन् ।

    पहिलो चरणमा ३४ वटा कोठा, अल डे डाइनिङ रेष्टुरेण्ट, सेमीनार हल बनाइएको प्रा.लि.का कार्यकारी अध्यक्ष भुवन शर्मा खनालले बताए । आउँदो वैशाखसम्म ३६० भ्यु बार हाउस (डोम) व्याङक्ुवीट हल, सुइमिङ्ग पुल, बेकरीतर्फ (पाउरोटी पसल) लगायतका संरचना निर्माण गर्ने प्रा.लि.ले लक्ष्य लिइएको र आगामी वर्षभित्र हेल्थ क्लब, जिम हाउस, फनफार्क लगाएतका संरचना बनाउने लक्ष्यका साथ काम अगाडि बढाइएको उनले बताए ।

    ‘आजदेखि हामीले सफ्ट ओपनिङ गरेको यो होटल वैशाख १ ग्राण्ड ओपनिङ गर्ने तयारी गरेका छौ, यस हिडन प्यालेसमा ३४ ओटा कोठामध्ये २ वटा डिलक्स जुनियर स्वीट रुम, ९ वटा क्वीन बेड र २३ वटा टु वीन बेड रहेका छन्, हामीहरु यस होटलमा अधिंकाश नेपाली उत्पादन प्रयोग गरेका छौ, जस्तै हामीले प्रयोग गरेका कुर्सी, टेबल स्थानीय आवास स्टीलले तयार गरेका उत्पादन हुन् त्यस्तै  होटलमा नेपालकै पुरानो नेपाल कफी कम्पनीको कफी प्रयोग गरेका छौं, उनले बताए ।

    DSCF9478.JPGसाइन रेसुङ्गा बैंकले होटललाई सहयोग गरेको प्रा.लि.का प्रबन्ध निर्देशक आभुषण खनालले बताए । होटलले ३७ जनालाई रोजगारी दिएको र आगामी दिनमा ५० जना बढीलाई रोजगारीको अवसर दिने लक्ष्यमा रहेको उनले बताए । ‘हाम्रो योजना पूर्ण रुपमा सफल भएसंगै हामीले १ सय जना भन्दा धेरैलाई रोजगारीको अवसर दिने लक्ष्य पनि राखेका छौं, उनले भने । 

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij