images

सोमवार, बैशाख १७ गते २०८१

सिद्धार्थनगर नगरपालिका प्रथम स्थापना दिवसले नगरको समृद्धिको उत्प्रेरणा प्रदान गरोस्

सिद्धार्थनगर नगरपालिका प्रथम स्थापना दिवसले नगरको समृद्धिको उत्प्रेरणा प्रदान गरोस्

images
images
images
सोमवार, माघ २२ २०८०
सोमवार, माघ २२ २०८०
  • सिद्धार्थनगर नगरपालिका प्रथम स्थापना दिवसले नगरको समृद्धिको उत्प्रेरणा प्रदान गरोस्

    तत्कालीन भैहरवा गाउँ पञ्चायतरहेको भैरहवा गाउँ पञ्चायतको पूर्वमा डण्डानदी, पश्चिममा मुजीली गाउँ पञ्चायत अन्तर्गत वार्ड नम्बर ८,६ को दोगहरा मौजाको सीमानासम्म दक्षिणमा पक्लिहवा गाउँ पञ्चायतको सम्पूर्ण इलाका हुँदै बगाहा गाउँ पञ्चायतको वडा नम्बर ८,६ को नौडीहवा बेलहीयासम्म र उत्तरमा पडसरी गाउँ पञ्चायतको २ र ७ नम्बर वडासहित कृषि स्टेशनसम्मको भुभाग क्षेत्रलाई समेटी र तत्कालिन १० हजार ७सय जनसंख्या समेतलाई समेटी  वि.सं. २०२४ साल माघ २२ गते .भैरहवा नगरपञ्चायतको स्थापना भएको भन्ने प्रमाणस्वरुप तत्कालीन राजपत्र भेटिए  पश्चात स्थापनाको ५६ वर्षपछि पहिलोपटक नगर स्थापना दिवस मनाउँदैछ । आजको ऐतिहासिक दिन सबै नगरबासीलाई शुभकामना र यस नौलो प्रयासको शुभारम्भको लागि सिद्धार्थनगर नगरपालिका परिवार सबैमा हार्दिक धन्यवाद दिनुपर्ने हुन्छ ।

    images

    लुम्बिनी प्रदेश रूपन्देही जिल्लाको दक्षिणी भागमा अवस्थित सिद्धार्थनगर नगरपालिका नेपाल र भारतको सीमानामा पर्ने देशका पाँचवटा मुख्य प्रवेशद्वारमध्ये एक महत्वपूर्ण पर्यटकीय, व्यापारिक र औद्योगिक केन्द्रको रूपमा स्थापित तथा भगवान गौतमबुद्धको बाल्यकालको नाम सिद्धार्थबाट वि.सं. २०३३ सालमा तत्कालीन भैरहवा नगरपञ्चायतनाम सिद्धार्थनगर नगरपालिका राखिएको नगरको नाम हो सिद्धार्थनगर भैरहवा हो । पवित्र लुम्बिनीको प्रवेशद्वार रहेको सिद्धार्थनगर भैरहवा  वि.सं. १९९० सम्म रूपन्देही जिल्लाको सदरमुकाम बेथरीमा रहिआएकोमा बेथरीमा रहेको सदरमुकाम भैरहावामा ल्याइसकेपछि बुटवलमा लुम्बिनी अञ्चलको सदरमुकाम नबनाउँदासम्म भैरहवा हालको सिद्धार्थनगर रुपन्देहीको मात्र सदरमुकाम नभएर अञ्चलको पनि सदरमुकाम थियो । भलै पछिल्ला दिनहरुमा केही व्यक्तिहरुको स्वार्थका कारण हिजो भैरहवामा स्थापना भएका महत्वपूर्ण कार्यालयहरु उत्तरतर्फ स्थानान्तरण भएको नगरबासीले हेर्न विवस भयौ ।

    आफ्नै विशिष्ट पहिचान बोकेको भैरहवा सिद्धार्थनगर वि.सं. २०१० मा नै  हालको  शान्तिनगरमा हवाई मैदान विमानबाट विमान उडान गर्ने गरेको ऐतिहासिक र नेपालको पुरानोमध्यको एक नगर  हो ।विश्व शान्तिको अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्धार तथा स्थलमार्ग भएर लुम्बिनी आउने पर्यटकहरु बेलहिया नाका भएर आउने कारण पनि यस नगरको आफ्नै विशेषता रहेको छ ।

    नेपालको प्रमुख व्यापारिक नाका तथा पछिल्लो १० बर्षमा भएको औद्योगिकरण, पश्चिम नेपालका अधिकांश जिल्लाहरुको प्रमुख खाद्यान्न निर्यातकर्ता भएको कारण यसको आर्थिक विकास एक हिसाबले अगाडि बढिरहेको छ । विविधतायुक्त सामाजिक संरचना, छिमेकी राष्ट्र  भारतसँगको कम दुरी, लुम्बिनीको प्रवेशद्वार भएको कारण यसको आफ्नै विशिष्ट पहिचान छ ।

    देशको अर्थतन्त्रको विकासको लागि पनि यस क्षेत्रको विकासको महत्वपूर्ण भूमिकालाई नकार्न सकिदैन। सिद्धार्थनगर (भैरहवा) नेपालकै पुरानोमध्येको एक नगरपालिका हो भने सिद्धार्थ राजमार्गको प्रस्थान विन्दु र नेपालको प्रमुख व्यापारिक नाका भएको कारण यसको आफ्नै महत्व रहेको छ । निर्माणपश्चात दिगो र निरन्तरको सञ्चालनको तयारीमा रहेको नेपालको दोस्रो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, विशेष आर्थिक क्षेत्र (सेज) को सञ्चालन, बुटवल–भैरहवा ६ लेनको विस्तारित मार्ग, लुम्बिनीको प्रवेशद्वार सिद्धार्थनगरदेखि लुम्बिनी–तौलिहवासम्मको चौडा सडक, क्रिकेट रंगशाला, एडीबी र शहरी विकासमार्फत विशेष गरी सडक, नाला तथा अन्य पूर्वाधार निर्माणमा भएको उल्लेख्य विकासको कारण र केही दिन पहिले नगरको पूर्वाधार विकासका लागि एडीबीसँग भएको दोस्रो पटकको सम्झौता र त्यसको सफल कार्यान्वयन भएको भएको लगानीको कारण भैरहवा सिद्धार्थनगर विकास र औद्योगिकरणको दिशामा उन्मुख एवं नेपालको प्रमुख आर्थिक केन्द्र भन्ने प्राय निश्चित छ ।

    आगामी दिनमा भारतदेखि बेलहियासम्म रेल सेवाको विस्तार, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दिगो सञ्चालन पश्चातहुने लुम्बिनीको पर्यटकीय विस्तार र पछिल्लो चरणमा नगरभित्र भइरहेका पर्यटन उद्योगमा भएका लगानी लगायत आर्थिक विकासका पूर्वाधारहरुले भैरहवालाई काठमाण्डौं पछिको आर्थिक शहरको रुपमा विकसित गराउने सम्भावना बोकेर आएका छन् । यसले करिब ३६.०३ वर्गकिलोमिटरको सानो भुगोल भएपनि आर्थिक तथा पूर्वाधार विकासको सम्भावनाले भरिपूर्ण सिद्धार्थनगर, भैरहवाको सुःखद भविष्यको सम्भावनाबाट उत्प्रेरित हुँदै  आगामी दिनको सुनौलो बिहानीतर्फ लम्कन आजको पहिलो स्थापना दिवसले नगरको नेतृत्वमा रहेका सबै पदाधिकारी (जनप्रतिनिधिहरु), राष्ट्रसेवक कर्मचारीहरु, आमनागरिकहरु र नगरमा क्रियाशील राजनीतिकदलहरुमा ऊर्जा प्रदान गरोस् भन्ने शुभकामना ।

    आगामी दिनमा योजनाबद्ध विकास, मेरो र हाम्रो भन्ने भावना,सहकार्य  एक मत भएर इमान्दारी, सुसाशनको प्रत्याभूतिका साथ पूर्वाधार विकाको प्रतिफल प्रयोग गर्न सक्ने गरी शिक्षा र स्वाथ्य क्षेत्रको विकाससहितको नगर स्थापना  तत्कालिन १० हजार ७ सय जनसंख्याबाट वर्तमानकोे ७४ हजार चारसय जनसंख्याको मानवीय पूँजीविकासको प्राथमिकतालाई केन्द्रविन्दुमा राखि कविर राजनीतिक, व्यक्तिगत, पेशागत स्वार्थहरुबाट माथि उठेर सहकार्य गरी समृद्ध सिद्धार्थनगर भैरहवाको उज्ज्वल भविष्यको उत्प्रेरणा प्रदान गरोस् । शुभकामना ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij