२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

अनुशासन र पारदर्शीका साथ राजश्व बढाउनेतर्फ लाग्न कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन

मंगलवार , माघ २३, २०८०

भैरहवा, २३ माघ । अर्थमन्त्री डा.प्रकाशशरण महतले अनुशासन र पारदर्शीका साथ राजश्व बढाउनेतर्फ लाग्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

मंगलबार कपिलवस्तुको कृष्णनगर भन्सार र आन्तरिक राजश्व कार्यालय निरीक्षण गर्दै मन्त्री महतले सर्वसाधारणलाई दुख पनि नदिने र आखाँ पनि नचिम्लने गरि अनुशासन र पारदर्शीका साथ राजश्व बढाउनेतर्फ लाग्न कर्मचारीलाई निर्देशन दिएका हुन् ।

को कहाँ के जिम्मेवारीमा छ भन्नुभन्दा पनि परिणामका आधारमा मूल्यांकन हुने उनले बताए । मन्त्री महत कर्मचारीका जायज माग सरकारले तत्काल सम्बोधन गर्ने तर परिणाम पनि आवश्यक  पर्ने धारणा राखे । उनले अनुशासन, पारिदर्शिताका साथ व्यवसायको यथार्थ मूल्यांकन गरिए राजश्वको लक्ष्य नजिक पुग्न सकिने बताए ।

उनले नयाँ ठाउँमा सम्पूर्ण संरचना निर्माणमा धेरै ठूलो लगानी चाहिने भएकाले  नयाँ संरचनामा निर्माण तत्काल सम्भव नभएको स्पष्ट पारे ।