२०८२, माघ २६ गते

Feb 09 2026 | २०८२, माघ २६ गते

सहकारीमा महिला नेतृत्व विकास तालिम

बुधवार , माघ २४, २०८०

  • 976
    Shares
  • 976
    Shares
  • रुपन्देही, २४ माघ । 
    प्रदेश बचत तथा ऋण सहकारी संघ लिमिटेड (प्रोस्कून) लुम्बिनीको आयोजनामा ‘सहकारीमा महिला नेतृत्व विकास’ सम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ ।

    शनिबार रुपन्देहीको बुटवलमा भएको तालिममा २७ वटा बचत तथा ऋण सहकारी संस्थाका महिला अध्यक्ष तथा सञ्चालक गरी ४७ जनाको सहभागीता रहेको आयोजकले जनाएका छन् । 

    प्रोस्कून लुम्बिनी महिला परिचालन उपसमितिको आयोजनामा सञ्चालित तालिमको सहजीकरण नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को सञ्चालक सदस्य ज्ञानु पौड्यालले गरेकी थिइन् ।

    422734622_737264885047305_2876782373062968776_n.jpg

    तालिममा सहकारी विकास र सुशासनका लागि समान प्रतिनिधित्व र नेतृत्व, संस्थागत उद्देश्य र लक्ष्य प्राप्तिका लागि बिना भेदभाव, स्वच्छ प्रतिष्पर्धाको वातावरणमा महिलाहरुले प्रतिनिधित्व गर्न पाउने समान अवसरको सृजना लगायतका विषयमा प्रशिक्षण भएको थियो । 

    सहकारी संस्थामा महिला सक्रियता, सहभागीता एवं आर्थिक तथा सामाजिक अवस्था सुधार गर्न सहकारी सस्ंथाहरुको आर्थिक सामाजिक कार्यक्रम एवं व्यवसाय विकासमा टेवा दिन विभिन्न कार्यक्रमको आयोजना गर्नुपर्ने सहभागीहरुको भनाइ थियो ।

    423105957_897731155318040_6956836341675487938_n.jpg

    प्रोस्कून लुम्बिनीका अध्यक्ष कृष्ण प्रसाद नेपालको अध्यक्षता, प्रोस्कून लुम्बिनीका कोषाध्यक्ष प्रेम गुरुङको धन्यवाद ज्ञापन तथा संघका सञ्चालक सदस्य एवं महिला परिचालन उपसमिति संयोजक निर्मला अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।