२०८३, बैशाख १६ गते

Apr 29 2026 | २०८३, बैशाख १६ गते

राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन रुपन्देहीको संयोजकमा थापा

शुक्रवार , माघ २६, २०८०

  • 931
    Shares
  • 931
    Shares
  • भैरहवा, २६ माघ ।
    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन, रुपन्देहीको जिल्ला संयोजकमा शिव कुमार थापा (सन्दिप) मनोनित भएका छन् ।

    संगठनका केन्द्रीय संयोजक सुजित के.सी.ले उनलाई रुपन्देही संयोजकमा मनोनयन गर्नुभएको राप्रपा रुपन्देहीका उपाध्यक्ष अजय कुमार गुप्ताले खबरपात्रोलाई बताए ।

    जिल्ला संयोजकको जिम्मेवारी पाएका थापालाई राप्रपा रुपन्देहीद्वारा भैरहवास्थित जिल्ला पार्टी कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा मनोयनपत्र हस्तान्तरण गरिएको छ । 

    29c634e5-abd9-4d0f-97a9-af42fa3c06b0.jpg

    उक्त कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष सागर प्रताप राणा, उपाध्यक्ष अजय कुमार गुप्ता, सचिव बलराम शर्मा, केन्द्रीय सहायक महामन्त्री ताहिर अली, आमन्त्रित केन्द्रीय सदस्य मातृका प्रयाद यादव, युवा नेता गौरव बोहरा लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।