
शुक्रवार , माघ २६, २०८०
काठमाडौं, २६ माघ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आन्तरिक श्रोत र साधनबाट राज्यका दायित्वहरु पूरा गर्न कठिन बन्दै गएको बताएका छन् ।
शुक्रवार नेपाल व्यवस्थापन संघको ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालले उदारताकासाथ श्रोत र साधनलजाई मध्यनजर नराखि धेरै प्रतिवद्धता गर्दा समस्या भइरहेको बताए ।
उनले ज्येष्ठ नागरिक भत्तादेखि विभिन्न अनुदानका विषयहरु सुनिश्चित गर्दा समस्या आएको बताए । उनले नेपालको स्थायी दायित्व धेरै नै ठूलो रहेको बताए ।
द्वन्द्वपछि नेपाली सुरक्षा निकायको दायरा धेरै ठूलो भएको बताए। नेपाली सेनामा झन्डै दोब्बर जनशक्ति थपिएको र सशस्त्र प्रहरी बल छुट्टै निर्माण हुँदा झनै आर्थिक दबाब बढेको अर्थमन्त्री महतले बताए । संघीय संरचनामा गइसकेपछि आर्थिक दायित्व झनै बढेको भएपनि आन्तरिक श्रोत र साधनबाट उठेको राजश्वले राज्यका सबै दायित्वहरु धान्न कठिन हुँदै गएको बताए ।
अर्थमन्त्री महतले साधनश्रोतहरु प्राथमिकीकरण गरेर अघि बढ्न जरुरी रहेको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij