२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

अध्यक्षलाई पुर्नबहाली नगरिएको भन्दै एमालेले लुम्बिनी अस्पतालका मेसुलाई बुझायो ज्ञापनपत्र

शुक्रवार , माघ २६, २०८०

रुपन्देही, २६ माघ ।
रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा अदालतको आदेश पालना नगरी अध्यक्षलाई पुर्नबहाली नगरिएको भन्दै नेकपा (एमाले) रुपन्देहीले ज्ञापनपत्र बुझाएको छ । एमालेले अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा. सुदर्शन थापालाई शुक्रबार ज्ञापनपत्र बुझाएको हो ।

तत्कालिन मुख्यमन्त्री लिला गिरी नेतृत्वको सरकारले नियुक्त गरेका अस्पतालका अध्यक्ष अजयमान श्रेष्ठलाई हटाउन सरकारले अस्पताल गठन आदेश खारेज गरेको थियो । त्यसपछि प्रदेशभरका ६ अस्पतालका अध्यक्षहरु रिटसहित सर्वोच्च पुगेका थिए । त्यही बीचमा हालका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी नेतृत्वको सरकारले अस्पतालको अध्यक्षमा जीवन वझालाई नियुक्त गरेको थियो । तर, सर्वोच्चले पुरानै निर्णय कार्यान्वयन गर्नु÷गराउनु भने पनि अध्यक्षमा पुर्नबहाली हुनुपर्ने अजयमान श्रेष्ठलाई पुर्नबहाली नगरिएको भन्दै एमालेले ज्ञापनपत्र बुझाएको हो ।

एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले अदालतको आदेशपछि स्वतः पुरानै अध्यक्षहरु पदमा रहने भए पनि अदालतको आदेशको अवहेलना गरिएको बताए । उनले अन्य पाँच अस्पतालहरुमा पुरानै अध्यक्षहरुले काम गरिरहेको भए पनि लुम्बिनी प्रादेशिक अस्पतालमा भने अध्यक्ष कार्यालयमा आउन नसकेको बताए । उनले मेसु डा. थापालाई अध्यक्षको नामप्लेट र कुर्ची कार्यकक्षमा राख्न माग गरे ।

ज्ञापनपत्र बुझ्दै मेसु डा. थापाले सर्वोच्चको रिट कार्यान्वयन गर्ने÷गराउने मुख्यमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालय रहेको भन्दै आफ्ना कारणले अध्यक्षको पुर्नबहाली नरोकिएको बताए । उनले मुख्यमन्त्री तथम मन्त्रीपरिषदका् कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेको बताउँदै मुख्यमन्त्री कार्यालयले नै यो विषय टुंगोमा पुर्याउने बताए । साथै, उनले आफ्ना कानूनी सल्लाहकारको रायसहित अघि बढ्ने समेत बताए । 

ज्ञापनपत्र बुझाउन एमाले लुम्बिनी प्रदेश सदस्यहरु बाबुराम भट्टराई, गोपाल राना, रुपन्देही क्षेत्र नम्बर २ का इञ्चार्ज क्रृषिराम पाण्डे, रुपन्देही सचिवालय सदस्य बाबुराम पन्थी, नगर अध्यक्ष किसन ज्ञवाली, पूर्व मुख्य न्यायाधिवक्ता खुमाकान्त पौडेल लगायत अस्पताल पुगेका थिए ।