images

शनिवार, बैशाख २२ गते २०८१

ओमसतियाको १४ औं गाउँसभा सुरु

ओमसतियाको १४ औं गाउँसभा सुरु

images
images
images
शनिवार, माघ २७ २०८०
शनिवार, माघ २७ २०८०
  • ओमसतियाको १४ औं गाउँसभा सुरु

    भैरहवा, २७ माघ ।
    रुपन्देहीको ओमसतिया गाउँपालिकाको १४ औं गाउँसभा (अधिवेशन) शनिबारदेखि सुरु भएको छ । १४ औं गाउँसभाले १३ औं अधिवेशनमा पेश भएका केही योजनाहरुलाई संशोधन गर्ने प्रस्ताव राखेको छ ।

    images
    images
    images

    गाउँपालिकाकी उपाध्यक्ष सुनिता चौधरीले गत वर्षको अनुमानित नगद मौज्दात रकमको तुलनामा यथार्थ मौज्दात रकम बढी देखिएकोले केही योजना तथा कार्यक्रमहरु थप गर्नुपरेको र केही योजना तथा कार्यक्रमहरुलाई संशोधन गर्नुपरेको बताइन् । उनले चालु खर्च, पूँजीगत खर्च र वित्तीय व्यवस्थाको रकम समेत गरी गत अधिवेशनमा पेश भएको ४७ करोड ६६ लाख ९६ हजार १ सय ७ रुपैयाँलाई संशोधन गर्दै यस अधिवेशनबाट ४८ करोड ५० लाख ८१ हजार १ सय ७ रुपैया पेश गरिन् । चौधरीले वडास्तरबाट नै केही योजनाहरु परिवर्तन गरिएको र यसलाई छलफलबाट पारीत गरिने जानकारी दिइन् । 

    ओमसतिया गाउँपालिका अध्यक्ष मञ्जित कुमार यादव (सोनु) को अध्यक्षतामा सम्पन्न उदघाटन सत्रमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्री, गाउँपालिकाका प्रवक्ता मदन प्रसाद पोखरेलले बोलेका थिए । कार्यक्रमको सञ्चालन प्रशासन शाखा प्रमुख रुपा थापाले गरेकी थिइन् ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij