२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

लायन्स सिद्धार्थनगर सेन्टिनियलद्वारा क्यान्सरविरुद्ध सचेतना र पीडितलाई सहयोग

आइतवार , माघ २८, २०८०

भैरहवा, २८ माघ ।
लायन्स क्लब अफ सिद्धार्थनगर सेन्टिनियलले बाल क्यान्सर तथा पाठेघर क्यान्सरविरुद्ध सचेतना तथा परीक्षण कार्यक्रम गरेको छ । क्यान्सरबारे सचेतना बढाउने उद्देश्यले शनिबार कार्यक्रम गरिएको क्लबका अध्यक्ष भोजराज बस्यालले बताए । कार्यक्रममा २०७ जनाको स्वास्थ्य परीक्षण गरिएको बस्यालले जानकारी दिए ।

ओमसतिया गाउँपालिका र एसियन फार्मास्यूटीकल प्रा.लि.को सहयोग तथा नेपाल क्यान्सर सहयोग समूह र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको प्राविधिक सहयोगमा ओमसतिया–१ स्थित खुन्सामा कार्यक्रम गरिएको कार्यक्रम संयोजक विपिन साहले बताए । 

मगर संघ, खुन्सामा भएको कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालका डिष्ट्रिक गभर्नर अर्जुनमान सैंजुले यस्ता सचेतना कार्यक्रमले रोगबारे जानकारी पाउन मद्दत पुग्ने बताए ।

लायन्स सिद्धार्थनगर सेन्टिनियलका अध्यक्ष भोजराज बस्यालको अध्यक्षता, पाष्ट डिष्ट्रिक गभर्नर अरुण प्रताप राणा, सेकेण्ड भाइस डिष्ट्रिक गभर्नर बालाराम भट्टराई, नेपाल क्यान्सर सहयोग समूहका अध्यक्ष दिलिप भट्टराई, एसियन फार्मास्यूटीकल प्रा.लि.का अध्यक्ष तथा प्रबन्ध निर्देशक हुतानन्द खनालको विशिष्ट आतिथ्यता, लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालका सचिव विनोद खरेलको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा कार्यक्रम संयोजक विपिन साह, मगर संघ खुन्साका अध्यक्ष टम्मर जंग थापा, दिलिप भट्टराई, हुतानन्द खनाल लगायतले बोलेका थिए ।

सचेतना कार्यक्रममा ४०६ जनाको उपस्थिति रहेको क्लबले जनाएको छ । कार्यक्रमको सहजीकरण डा. अनु बज्राचार्य र दिलिप भट्टराईले गरेका थिए । 

WhatsApp Image 2024-02-10 at 11.08.35 PM.jpeg

कार्यक्रममा बाल क्यान्सर पीडित ओमसतिया–४ का १३ वर्षिय मोहम्मद कैफलाई २१ हजार १ सय ११ रुपैयाँ हस्तान्तरण गरिएको क्लबले जनाएको छ ।

WhatsApp Image 2024-02-10 at 11.07.54 PM.jpeg