
सोमवार , माघ २९, २०८०
बुटवल, २९ माघ ।
न्यू होराइजन र अक्सफोर्ड माविले आफ्ना विद्यार्थीहरुलाई छुट दिलाउन बुटवलको लुम्बिनी केबलकारसँग छुट्टाछुट्टै समझदारी गरेका छन् । समझदारी पत्रमा न्यू होराइजनका प्राचार्य लोकनाथ उपाध्याय र अक्सफोर्ड माविका प्राचार्य दिनेश भुसालले तथा केबलकारका तर्फबाट प्रज्वल घिमिरेले हस्ताक्षर गरेका छन् ।
समझदारी पत्र अनुसार ५० जना भन्दा बढी संख्यामा विद्यार्थी केबलकार चढ्न आउँदा ५ सय रुपैयाँ मात्र टिकट शुल्क लाग्ने भएको छ । हाल विद्यार्थी सहुलियत टिकट दर ६ सय रुपैयाँ छ । विद्यार्थीको ५० जना भन्दा बढीको समूहमा शिक्षक र कर्मचारी पनि आउन सक्नेछन् ।
न्यू होराइजन माविका प्राचार्य लोकनाथ उपाध्यायाले केबलकार रुपन्देहीको नयाँ पर्यटकीय गन्तव्य भएको र यसलाई दीगो रुपमा सञ्चालनका लागि सबैको सहयोग आवश्यक भएकाले संस्थाले समझदारी र सहकार्य गरेको बताए ।
अक्सफोर्ड माविका प्राचार्य दिनेश भुसालले र यस क्षेत्रको महत्वपूर्ण पर्यटकीय गन्तव्यको पर्यटन प्रवद्र्धनमा टेवा पुगोस् भनेर आफ्ना विद्यार्थीलाई सहुलियत दरमा केबलकार यात्रा गराउन समझदारी गरिएको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij