२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सिद्धार्थ उद्योग वाणिज्य संघको ६५ औं साधारणसभा फागुन १९ मा

सोमवार , माघ २९, २०८०

भैरहवा, २९ माघ ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको ६५ औं वार्षिक साधारणसभा आगामी फागुन १९ गते शनिबार हुने भएको छ ।

६५ औं साधारणसभाको समुद्घाटन बिहान साढे १० बजे सिद्धार्थनगर–१२ कालिकापथस्थित संघमा हुने अध्यक्ष ठाकुर कुमार श्रेष्ठले बताए । 

साधारणसभा (बन्दसत्र) मा महासचिवबाट प्रस्तुत वार्षिक प्रतिवेदन, कोषाध्यक्षबाट प्रस्तुत आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षण प्रतिवेदनलगायत विषयमा छलफल हुने संघले जनाएको छ । २०११ सालमा सिद्धार्थ उद्योग वाणिज्य संघको स्थापना भएको हो ।