
सोमवार , माघ २९, २०८०
काठमाडौं, २९ माघ । शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौटको प्रक्रिया कानूनसम्मत रहेको बताएकी छन् ।
सोमवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै राज्यमन्त्री कुमारीले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटको प्रक्रिया कानूनसम्मत रहेको दाबी गरेकी हुन् । उनले छनौटको सर्टलिस्टमा परेका व्यक्तिहरु बिरुद्ध सिफारिस समितिमा कुनैपनि उजुरी नआएकाले उनीहरुको छनौट प्रक्रिया अगाडी बढेको बताइन् । उनले आरोपित व्यक्तिहरु विगतमा आरोपपछि पनि सरकारी नियुक्तिमा रहेर काम गरिसकेको भन्दै तिनै व्यक्ति अहिले सर्टलिस्टमा पर्नु स्वभाविक भएको बताइन् ।
राज्यमन्त्री कुमारीले सर्टलिस्टेड भएका १४ व्यक्तिहरुको सोमवार देखि नै छनौटका लागि प्रश्तुति र अन्तर्वार्ताको प्रक्रिया अगाडी बढेको जानकारी पनि दिइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij