
सोमवार , माघ २९, २०८०
काठमाडौं, नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीहरुका लागि स्वदेशमै राम्रो वातावरण बनाउनसके विदेश पलायन हुनबाट रोक्न सकिने बताएका छन्।
सोमवार ललितुरको एन्फा कम्प्लेक्समा राजनीतिज्ञ र कलाकारबीच भएको मैत्रीपूर्ण खेलका क्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले राम्रो खेलाडीहरुका लागि बाहिर अवसरहरु धेरै रहेकाले पलायनको अवस्था आएको भन्दै देशमै राम्रो वातावरण बनाउन आवश्यक रहेको बताए ।
उनले नेपालले नै अन्तर्राष्ट्रिय स्तरका खेलहरु जितेर भविष्यको लागि राम्रो गर्न आवश्यक रहेको बताए । उनले आफू प्रधानमन्त्री भएको बेलामा रंगशालाको पुनः निर्माणदेखि नयाँ रंगशाला निर्माणमा आफूले धेरै काम गरेको बताए ।
अध्यक्ष ओलीले नेकपा एमालेले सरकारमा हुँदा गरेका राम्रा कामहरु पचाउन अझै कठिन भइरहेको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij