
मंगलवार , फाल्गुण १, २०८०
भैरहवा, १ फागुन । विगत डेढ वर्षदेखि रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ मा (जिल्ला निर्वाचन कार्यालय) नजिकै सञ्चालित ‘कफी ब्रेक एण्ड फूड्स’ अब गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सञ्चालनमा आएको छ ।
कफी ब्रेक एण्ड फूड्स सिद्धार्थनगर–४ स्थित विमानस्थलको गेट नम्बर २ को पारीपट्टी (उत्तरतर्फ) सञ्चालनमा आएको सञ्चालक बाबुराम खनाल (अतित) ले बताए । खनाल र अनुज सुवेदीको संयुक्त लगानी रहेको कफी ब्रेकको मंगलबार उद्घाटन गरिएको छ । ३५ लाख रुपैयाँको लगानीमा सञ्चालनमा आएको प्रतिष्ठानको खनालका पिता सीताराम खनाल र सुवेदीका पिता गोपाल सुवेदीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
कफी ब्रेकमा कफीका सम्पूर्ण परिकार तथा नेपाली खाना सेट तथा खाजाको व्यवस्था रहने सञ्चालक खनालले बताए । ‘विमानस्थल नजिकै रहेको यो स्थानमा समय बिताउनुका साथै स्वादिष्ट तथा स्वस्थ्यकर खानेकुरा खाना सकिन्छ । सर्वसुलभ मूल्यमा ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध छौं, ’उनले भने ।
हाल कफी ब्रेकमा ६ जना कर्मचारी कार्यरत रहेको सञ्चालक सुवेदीले जानकारी दिए । ‘यहाँ १२ जना कर्मचारी आवश्यक छ । तर, ६ जना मात्र पायौं । हामीले होटलसम्बन्धी तालिम निःशुल्क प्रदान गरेर रोजगारीको पनि व्यवस्था गर्नेछौं, ’उनले भने ।
रोजगारीका लागि विदेशिने युवाहरुको संख्या दिनप्रतिदिन बढिरहेको बेला उनले नेपालमा पनि रोजगारीको अवसर रहेको र युवाहरु विदेश पलायन हुँदा त्यसले स्वदेशको व्यवसायमा असर गरेको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij