२०८३, आषाढ ६ गते

Jun 20 2026 | २०८३, आषाढ ६ गते

रामग्राम स्तुपको विकास र संरक्षणका सन्दर्भमा गरिएको समझदारी कार्यान्वयन नगर्ने निर्णय

मंगलवार , फाल्गुण १, २०८०

  • 1.2K
    Shares
  • 1.2K
    Shares
  • लुम्बिनी, १ फागुन ।  लुम्बिनी विकास कोषले सार्वजनिक लेखा समितिको निर्देशन कार्यान्वयन गर्ने निर्णय गरेको छ । कोषको मंगलबार काठमाडौंमा बसेको बैठकले गौतमबुद्धको अस्तुधातु रहेको नवलपरासी रामग्राम स्तुप क्षेत्रको विकास र संरक्षणका लागि प्रमिष्डल्याण्ड कम्पनीसँग गरेको समझदारी खारेज गर्न दिएको निर्देशन कार्यान्वयन गर्ने निर्णय गरेको हो । 

    कोषका अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँतीको अध्यक्षतामा बसेको बैठकमा राज्यमन्त्री सुशिला श्रीपाली ठकुरी, कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा, सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख स्मिता भट्ट, बोर्ड सदस्य श्याम रोक्का, राजेश शाक्यको उपस्थिति रहेको थियो ।