२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

जनयुद्धका स्मरण र अनुभवलाई जीवन्त राख्नुपर्छ : प्रधानमन्त्री दाहाल

मंगलवार , फाल्गुण १, २०८०

काठमाडौं, १ फागुन । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले जनयुद्धका स्मरण र अनुभवलाई जीवन्त राख्नुपर्ने बताएका छन् । 

मंगलवार काठमाडौंमँ आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले जनयुद्धको २९ औं वार्षिकोत्सव रहेको बताए । उनले जनयुद्ध ऐतिहासिक दिन भएकाले ऐतिहासिक सम्बोधन हुनुपर्ने बताए । उनले अहिले दक्षिण एशियामा रामराज्यको बारेमा धेरै चर्चा भइरहेको बताए । 

उनले भने, ‘आज फाल्गुण १ गते महान जनयुद्धको २९ औं वार्षिकोत्सव । यो ऐतिहासिक अवसर पारेर जनयुद्ध कालमा बढो कठिन जटिल र चुनौतिमा पनि जनयुद्धका स्मरण र अनुभवलाई जीवन्त राख्नुपर्छ भन्ने ऐतिहासिक जिम्मेवारी बोध गरेर ६ वटा पुस्तक विमोचन भएका छन् ।

अहिले दक्षिण एशियामा रामराज्यको बारेमा धेरै चर्चा छ । आज रामलल्लाको बारेमा त निकै धेरै चर्चा छ । यो ऐतिहासिक दिनको ऐतिहासिक सम्बोधन गर्नुभएको छ ।’ 

अध्यक्ष दाहालले पार्टीको विधान अधिवेशनमा जनयुद्धको बारेमा चर्चा गर्ने बताएका छन् ।