
बुधवार , फाल्गुण २, २०८०
बुटवल । बुटवलको मिलनचोक स्थित डेल्टा कम्पेलेक्समा ‘जुत्ता मेलासँगै मोःमोः उत्सव शुरु भएको छ । डेल्टा कम्पेलेक्सको आयोजना तथा नेपाली जुत्ता घरको सहआयोजनामा जुत्ता मेला शुरु भएको हो ।
१ महिनासम्म चल्ने मेलाको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले एक कार्यक्रमका बिच उद्घाटन गरे । सो अवसरमा बोल्दै स्वदेशी उत्पादनको गुणस्तरमा ध्यान दिनु पर्नेमा जाेड दिए । कतिपय स्वदेशी उद्योगकाे नाम दिएर लेभलमात्र लगाउने गरेको भन्दै उनले यसप्रति उद्योगीहरु सचेत हुनुपर्ने सुझाव दिए ।
कार्यक्रममा नेपाली जुत्ता घर बुटवलका संचालक तथा नेपाल फुटवेयर म्यानुफ्याक्चरर एसोसिएसन नेपालका निर्वतमान अध्यक्ष नानीराज घिमिरेले एकवर्षअघि पहिलोपटक बुटवलमा सामुहिक शोरुम खोलेको स्मरण गर्दै एक वर्षको अवधिमा देशका १० स्थानमा उद्घाटन गरिसकेको बताए।' अहिलेसम्म बुटवल सहित देशभर गरि ८ स्थानमा शोरुम खोलिसकेका छौँ । अब भक्तपुर र उदयपुरमा पनि छिट्टै खोल्ने तयारीमा छौँ ।'- उनले भने । साथै नेपाली उत्पादनबारे आम उपभोक्तालाई जानकारी गराउन र उपभोक्ता समक्ष पुर्याउन जुत्ता मेलाको आयोजना गरिएको बताए ।
उनले अर्थतन्त्रमा ८० प्रतिशत बढि निजि क्षेत्रको योगदान दिएको बेला अझै पनि यो क्षेत्रलाई हेर्ने दृष्टिकोण गलत रहेको भन्दै राज्यले आफ्नो दृष्टिकोण परिवर्तन गर्नु पर्ने बताए । उनले देशको ब्यापार घाटाको अवस्थालाई कम गर्नुको साथै स्वदेशी उत्पादनलाई बढावा दिने गरि अभियानका रुपमा आफुहरु लागेको बताए । कार्यक्रममा बुटवल उपमहानगरपालिका ८ का वडाअध्यक्ष यज्ञप्रसाद पंगनीले सबै पक्षहरुको निगरानी र दबाबबाट सिमामा कडाई गर्दा स्वदेशी सामान खपत बढेको बताए ।
फुटवेयर म्यानुफ्याक्चरर एशोसियन अफ नेपालका अध्यक्ष तथा नेपाली जुत्ता घरका संचालक रुद्रप्रसाद न्यौपानेले देशमा रहेका १५ सय उद्योगीहरुले जुनसुकै गुणस्तरको जुत्ता तयार गर्न सक्ने बताए । नेपालमै सिहदरबारदेखि आम नागरिकसम्मलाई उपयोगी जुत्ताचप्पल उत्पादन हुने गरेको बताउदै उनले फुटवेयरको चोरीपैठारीको मुख्य नाकाका रुपमा कृष्णनगर नाका रहेको आरोप लगाउदै यो रोक्न सके ६५ प्रतिशत वर्तमान फुटवेयर बजारबाट ८५ प्रतिशत पुग्ने बताए ।
कार्यक्रममा डेल्टा मार्ट तथा नेपाली लुगाघरका संचालक प्रकाश भुषालले जुत्ता मेला चलाएको एक वर्षको अवधिमा धेरै राम्रो बजार बिस्तार भएको बताए । कार्यक्रममा रुपन्देही व्यापार संघका कार्यबाहक अध्यक्ष कृष्ण पराजुली, उद्योग व्यापार संघ रुपन्देहीका अध्यक्ष विष्णुप्रसाद पाण्डेले पनि सबैले स्वदेशी उत्पादन प्रयोग गरे अर्थतन्त्र बलियो हुने बताएका थिए ।
स्वदेशी उत्पादनको प्रवर्द्धन, हाम्रो अभियान’ नारासहित डेल्टा कम्प्लेक्स परिसरमा फागुन ३० गतेसम्म चल्ने मेलामा नेपालका ख्याति प्राप्त फुटवेयर ब्राण्डहरुको बृहत् प्रर्दशनी रहेको ‘मेलाका संयोजक चोला प्रसाद पाठकले बताए । नेपालका ९ फुटवेयर उत्पादक ब्राण्डका ५ हजार बढि प्रकारका जुत्ता चप्पलका डिजाईनहरु राखिएको उनले बताए ।
मेलामा पवित्र शुज ईण्डष्ट्रिज प्रा.लि. को शुल्यान्ड, रन शु ईण्डष्ट्रिज प्रा.लि. को रन शुज, बेस फुटवेयर ईण्डष्ट्रिज प्रा.लि.को बि. एफ. डियर हिल, लालिगुरास फुटवेयरको क्रस रोड, शुभकामना फुटवेयरको फस्ट वाल्क, बल्याक हर्स शुजको बल्याक हर्स, स्मार्ट शुज ईण्डष्ट्रिजको स्मार्ट र एक्सन फुटवेयर ईण्डष्ट्रिजको टुरीष्ट ब्राण्डका उत्पादनहरु रहेका छन।।
मेलालाई थप रमाईलो तथा आकर्षक बनाउन आयोजकले मोःमोः उत्सवको समेत आयोना गरेका छन । नेपालीहरुको लोकप्रिय खाजा मोःमो का दर्जन बढि स्वादका परिकारहरु मेलामा राखिएकाे बताउदै डेल्टा कमप्लेक्सका सि.ई.ओ. बालकृष्ण पौडेलले मनोरञ्जनका लागि मेला अवधिका बिचमा स्थानीय तथा राष्ट्रिय कलाकारहरु बाट बिशेष सांस्कृतिक प्रस्तुतीहरु समेत राखिने उनले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij