images

शनिवार, बैशाख १५ गते २०८१

बुटवल लोकनृत्य प्रतियोगिताको पुरस्कार एभरेष्ट माविले जित्यो

बुटवल लोकनृत्य प्रतियोगिताको पुरस्कार एभरेष्ट माविले जित्यो

images
images
images
बुधवार, फाल्गुण २ २०८०
बुधवार, फाल्गुण २ २०८०
  • बुटवल लोकनृत्य प्रतियोगिताको पुरस्कार एभरेष्ट माविले जित्यो

    बुटवल, २ फागुन ।
    रुपन्देहीके बुटवल उपमहानगरपालिकाले आयोजना गरेको प्रथम लोकनृत्य प्रतियोगिताको पुरस्कार एभरेष्ट माध्यमिक विद्यालयले जितेको छ । ६५ औं स्थापना दिवसको अवसर पारेर बुटवल उपमहानगरपालिकाले आयोजना गरेको दुईदिने लोक नृत्य प्रतियोगिताको उपाधिकसँगै १ लाख रुपैयाँ नगद पुरस्कार जितेको हो ।

    images

    ४४ वटा विद्यालयमध्येबाट नवीन औद्योगिक मावि दोस्रो हुँदै ६० हजार रुपैयाँ जितेको छ भने न्यू होराइजन मावि र अक्सफोर्ड मावि तृतीय हुँदै नगद २५ हजार रुपैयाँ जितेका छन् ।

    बुधबार प्रतियोगिताको समापनका अवसरमा निर्णायक संयोजक दुर्गा रायमाझीले प्रस्तुत भएका नृत्यहरुमध्ये सबैजसो विद्यालयका प्रस्तुति राम्रा भएको बताउँदै विविध समुदाय र क्षेत्रका नृत्यहरुले नेपालकै विविधता झल्काएको बताए ।

    प्रतियोगितामा उत्कृष्ट हुने विद्यालयहरुलाई बिहीबार बुटवल उपमहानगरपालिकाको ६५ औं स्थापना दिवसका अवसरमा पुरस्कार प्रदान गरिने लोकनृत्य प्रतियोगिताका संयोजक तथा वडा नम्बर १३ का अध्यक्ष नारायण पुनले बताए ।

    नगरप्रमुख खेलराज पाण्डेयले बुटवललाई सबै क्षेत्रमा अब्बल नगर बनाउनका लागि क्षमता विकास तथा क्षमता प्रदर्शन कार्यक्रमहरु आयोजना गरिएको बताए । उनले बुटवलमा खेल क्षेत्रलाई अगाडि बढाउनका लागि विद्यालयस्तरीय फुटबल प्रतियोगिता सम्पन्न भइसकेको र आगामी दिनमा अन्य प्रतियोगिताहरु सञ्चालन गर्ने तयारी गरिरहेको बताए ।

    उनले बुटवललाई लोकसंस्कृति संरक्षण तथा प्रवर्द्धनमा अग्रस्थानमा राख्नका लागि प्रतियोगिता आयोजना गरेको बताए। उनले लोक संस्कृतिको जगेर्ना तथा विद्यालयस्तरबाटै क्षमता विकासको कार्यक्रमअन्तरगत लोकनृत्य प्रतियोगिता आयोजना गरेको बताए । लोकनृत्य प्रतियोगितामा बुटवलका ४४ वटा विद्यालय सहभागी थिए ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij