images

बुधवार, बैशाख १९ गते २०८१

फागुन ४ र ५ गते भैरहवामा ‘राष्ट्रिय महिला उद्यमी सम्मेलन’

फागुन ४ र ५ गते भैरहवामा ‘राष्ट्रिय महिला उद्यमी सम्मेलन’

images
images
images
बिहिवार, फाल्गुण ३ २०८०
बिहिवार, फाल्गुण ३ २०८०
  • फागुन ४ र ५ गते भैरहवामा ‘राष्ट्रिय महिला उद्यमी सम्मेलन’

    भैरहवा, ३ फागुन ।
    नेपाल उद्योग वाणिज्य महासंघले फागुन ४ र ५ गते रुपन्देहीको भैरहवामा ‘राष्ट्रिय महिला उद्यमी सम्मेलन–२०८०’ आयोजना गर्ने भएको छ ।

    images

    सम्मेलनमा ७७ वटै जिल्लाका करिब २५० देखि ३ सय जना महिला उद्यमीहरुको सहभागीता रहने उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताए ।

    नेपाल उद्योग वाणिज्य महासंघको महिला उद्यमी विकास समितिको अगुवाइमा उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश तथा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको समन्वय एवं सहकार्यमा सम्मलेन आयोजना गर्न लागिएको शर्माले जानकारी दिए ।

    महिला उद्यमीहरुको विकास, विस्तार एवं प्रबद्र्धनका साथै महिला सशक्तिकरणमा सहयोग पुर्याउने उद्देश्यले सम्मेलनको आयोजना गर्न लागिएको बुधबार आयोजकले पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् ।

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले उद्घाटन गर्ने सम्मेलनमा संघीय, प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय, प्रदेशस्तरीय, स्थानीय प्रतिनिधिहरु, सरोकारवाला निकायका प्रतिनिधिहरु एवं सम्बन्धित विज्ञको उपस्थिति रहने उद्योग वाणिज्य महासंघ महिला उद्यमी विकास समितिकी सभापति कमला श्रेष्ठले बताइन् । 

    ‘नेपालको जनसंख्याको करिब आधा शक्ति रहेका महिलाहरुको अर्थतन्त्रमा योगदान अनौपचारिक माध्यमबाट बढी रहदारहदै पनि ग्रामीण वा औपचारिक अर्थतन्त्रमा विद्यमान रहेको न्यून प्रतिशतको हिस्सालाई महिला उद्यमीको रुपमा प्रोत्साहन गरी व्यापक रुपमा महिलाहरुले अर्थतन्त्रमा पनि योगदान पुर्याउन यो राष्ट्रिय महिला उद्यमी सम्मेलनले महत्वपूर्ण योगदान हुने भन्ने विश्वास लिएका छौं, ’श्रेष्ठले भनिन् । 

    यो सम्मेलनमा महिला उद्यमशीलता र नतिजा, वित्तीय पहुँच, बजार पहुँच, पर्यटनका सम्भावना र चुनौति, युवा महिला/स्टार्टअपका लागि गरिएका पहल र भएका व्यवस्था लगायतका पाँच विषयमा विज्ञहरुसँग छुट्टाछुट्टै छलफल हुने उनले जानकारी दिइन् । 

    सम्मेलनलाई सफल पार्न लुम्बिनी प्रदेश सरकार, बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर, तिलोत्तमा नगरपालिका, लुम्बिनी प्रदेशका स्थानीय तहरु, आई.एम.ई. गु्रप, लक्ष्मी ग्रुप, हेरिटेज फ्लोर एण्ड कार्पेट प्रा.लि., मेरिगोल्ड, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी, मेटलाइफ इन्स्योरेन्स कम्पनी र बोटलर्स नेपाल प्रा.लि.को प्रायोजन रहेको आयोजकले जनाएका छन् ।

    आयोजकका अनुसार सम्मेलन अवधिमा सातै प्रदेशका महिला उद्यमीहरुको उत्पादनको प्रदर्शनीसहित प्रायोजकहरु गरी १० वटा स्टल रहनेछ ।

    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले दुईदिने सम्मेलनको निष्कर्ष सम्बन्धित निकायमा प्रस्तुत गरिने बताए ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij