images

मंगलवार, बैशाख १८ गते २०८१

लुम्बिनीमा हुने आम्दानीको आधा हिस्सा स्थानीय विकासमा लगाउन माग

लुम्बिनीमा हुने आम्दानीको आधा हिस्सा स्थानीय विकासमा लगाउन माग

images
images
images
बिहिवार, फाल्गुण ३ २०८०
बिहिवार, फाल्गुण ३ २०८०
  • लुम्बिनीमा हुने आम्दानीको आधा हिस्सा स्थानीय विकासमा लगाउन माग

    लुम्बिनी, ३ फागुन ।
    बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरको भेटी लगायतबाट हुने आम्दानीको आधा हिस्सा स्थानीय लुम्बिनी साँस्कृतिक नगरपालिकालाई दिन लुम्बिनी बचाउ संघर्ष समितिले माग गरेको छ ।
     
    गुरुयोजनाका लागि जग्गा दिनेदेखि लुम्बिनीको संरक्षण र विकासमा स्थानीयको योगदान भए पनि त्यहाँ हुने आम्दानी स्थानीय विकासमा लगानी नभएको भन्दै सो माग राखिएको लुम्बिनी बचाउ संघर्ष समितिका अध्यक्ष राम विकास चौधरीले बताए ।

    images

    संघर्ष समितिले लुम्बिनी विकास कोषलाई बुझाएको १९ बुँदे ज्ञापनपत्रमा विकास कोष सञ्चालक समितिमा उपाध्यक्ष, कोषाध्यक्ष र सदस्य सचिवसहितका पदाधिकारी र २ जना सदस्य स्थानीय नै रहने गरी विधान संशोधन गर्नुपर्ने माग छ । त्यस्तै लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख, लुम्बिनी क्षेत्रका संघीय सांसद र प्रदेश सभा सदस्य विधानतः पदेन सदस्य हुनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ ।

    संघर्ष समितिले मायादेवी मन्दिरको स्वरूप र संरचना परिवर्तन गर्न नपाइने तथा गुरुयोजना विपरीतका अनाधिकृत संरचना तत्काल हटाउन माग गरेको छ । त्यसै गरी बुद्ध जन्मस्थल मायादेवी मन्दिरभित्र नित्य पूजा, संध्या आरती तथा दीप प्रज्वलन कार्यक्रमलाई निरन्तरता दिन र मन्दिर दर्शन–अवलोकनका लागि कुनैपनि शुल्क नलाग्ने व्यवस्था तत्काल मिलाउन समितिको माग छ ।

    शान्तिपूर्ण धर्मसभा, प्रवचन तथा पर्यटन प्रवर्धनमा सहयोग पुग्ने खालको कार्यक्रम गर्न पाउने कार्यविधि यथाशिघ्र बनाएर अन्तर्राष्ट्रिय सभाहललाई सञ्चालनमा ल्याउनुपर्ने तथा लुम्बिनी विकास कोषको गुरुयोजनामा उल्लेख भए अनुसार लुम्बिनी विकास कोष परिसरभित्र एक विद्यालय, एक सुविधासम्पन्न अस्पताल र एक बगैचाको तत्काल निर्माण थालनी गर्न संघर्ष समितिले माग गरेको छ ।

    मायादेवी मन्दिरलाई बिहान ५ बजेदेखि बेलुका १० बजे सम्म खुल्ला राख्न समितिले ज्ञापनपत्रमार्फत माग गरेको छ । ज्ञापनपत्रमा भनिएको छ, ‘स्व.पंडित गंगा प्रसाद पाण्डे विगतमा पुस्तौ पुस्तादेखि मायादेवी मन्दिरको पूजापाठ गर्दै आएकोमा निजका सन्तानलाई एकस्थान सुरक्षित राख्नुपर्दछ । कर्मचारी भर्ना गर्दा स्थानीयलाई प्राथमिकता दिइनुपर्दछ, र पुरानालाइ स्थायी बनाउनुपर्दछ ।’

    लुम्बिनी अधिग्रहणमा परेका किसानलाई परिचयपत्रको व्यवस्था, बँदेल निलगाई लगायतका जीवजन्तुबाट भएको बालीनालीको क्षतिपूर्तिको व्यवस्था, एशियाली विकास बैंकबाट अनुदानमा प्राप्त विद्युतीय बस तथा भ्यान आन्तरिक तथा वाह्य पर्यटकलाई लक्षित गरी यथाशिघ्र सञ्चालन गर्नुपर्ने तथा गेट नम्बर ४ र ५ को बीचमा साना सवारी राख्ने पार्क निर्माण गर्नुपर्ने संघर्ष समितिको माग छ ।

    संघर्ष समितिले लुम्बिनी विकास कोषलाई बुझाएको ज्ञापनपत्रमा लेखिएको छ, ‘साना किसानले पाल्न सक्ने तर पर्यावरणको लागि हितकर बोट बिरुवा (सिमल, पिपल, वर, आदि)को संरक्षण गर्नुपर्दछ । लुम्बिनी विकास कोष क्षेत्रको दक्षिणी प्रवेश मार्गको आफ्नै छुट्टै ऐतिहासिक महत्व भएको हुनाले साबिक ठाउँमै मार्ग र प्रवेशद्वार हुनुपर्दछ । लुम्बिनीमा अहिलेसम्ममा उत्खननका क्रममा भेटिएका ३९ भन्दा बढी मूर्ति तथा अमुल्य पुरातात्विक वस्तुहरुको अभिलेखसहित लुम्बिनीमा नै पुर्नस्थापना हुनुपर्दछ ।’..

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij