images

शनिवार, बैशाख ८ गते २०८१

पोखरभिण्डी माविको अध्यक्षमा कान्छा कोहार

पोखरभिण्डी माविको अध्यक्षमा कान्छा कोहार

images
images
images
बिहिवार, फाल्गुण ३ २०८०
बिहिवार, फाल्गुण ३ २०८०
  • पोखरभिण्डी माविको अध्यक्षमा कान्छा कोहार

    भैरहवा, ३ फागुन ।
    रुपन्देहीको रोहिणी गाउँपालिका–२ भटपुरवास्थित श्री पोखरभिण्डी माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा कान्छा कोहार चयन भएका छन् । बिहीबार भएको निर्वाचनमा खुल्ला सदस्यमा शिव कुमार यादवले १३०, रिंकु हरिजनले १२७ तथा महिला सदस्यमा ममशिला कहाँरले १२५ र किरन भुज १२९ मतका साथ विजयी भएका छन् । 

    images
    images
    images

    विजयी भएका सदस्यहरुमध्ये ज्येष्ठ सदस्य शिव कुमार यादवको अध्यक्षतामा बसेको बैठकले कान्छा कोहार र फूलकुमारी कहारलाई मनोनित गरेको थियो । उक्त बैठकले कान्छा कोहारलाई सर्वसम्मत अध्यक्षमा चयन गरेपछि उनी विद्यालय व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी पाएका हुन् । विद्यालय व्यवस्थापन समितिको पदेन सदस्यमा सम्बन्धित वडाका जनप्रतिनिधि र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक रहने व्यवस्था छ । सोहीअनुसार विद्यालयको पदेन सदस्यमा रोहिणी–२ का वडाअध्यक्ष करम हुसेन खान र सदस्य सचिवमा प्रधानाध्यापक राजकुमार चौधरी चयन भएका छन् ।

    अध्यक्षमा चयन भएका कोहारले विद्यालयको शैक्षिक गुणस्तर सुधारका निम्ति लागिपर्ने बताए । उनले विद्यालय व्यवस्थापन समितिले सुझाव, सल्लाह लिएर अघि बढ्ने बताए । 

    बिहीबार भएको निर्वाचनमा ३९४ जना मतदाता (अभिभावक) मध्ये ३५४ मत खसेको रोहिणी गाउँपालिकाका शिक्षा शाखा प्रमुख तथा विद्यालय व्यवस्थापन समिति छनौट समिति–२०८० का संयोजक मधु प्रसाद घिमिरेले बताए ।

    निर्वाचनमा ३ वटा समूह (प्यानल)ले उम्मेदवारी दिएको थियो । जसअन्तर्गत दिलिप यादव समर्थित प्यानलबाट खुल्ला सदस्यमा राजेश नाउले ११३, फूलचन्द खरबिन्दले ११३, महिला सदस्यमा राजपति केवटले ११० र रीता खरबिन्दले ११२ मत प्राप्त गरेका छन् । 

    त्यस्तै कमरे आलम समर्थित प्यानलबाट खुल्ला सदस्यमा सुग्रिम खरबिन्दले ९६, बनारसी खरबिन्दले ९५, महिला सदस्यमा प्रतिमा चौधरीले ९२ र प्रभावति हरिजनले ९१ मत प्राप्त गरेका छन् ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij