२०८२, कार्तिक २४ गते

Nov 10 2025 | २०८२, कार्तिक २४ गते

फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

बिहिवार , फाल्गुण ३, २०८०

  • 745
    Shares
  • 745
    Shares
  • काठमाडौं, ३ फागुन । 
    नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाएको छ । ईण्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आएपछि निगमले आज राति १२ बजेदेखि लागू हुने गरी मूल्य बढाउने निर्णय गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

    निगमका अनुुसार पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा विक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले बढाएको हो । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखेको छ ।

    निगमकाअनुसार अब नयाँ मूल्य पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १६९.५०, दोस्रो वर्गमा १७१ र तेस्रो वर्गमा १७२ रुपैयाँ पुगेको छ।

    त्यस्तै डिजेल र मट्टितेलको प्रतिलिटर पहिलो वर्गमा १५७.५०, दोस्रो वर्गमा १५९ र तेस्रो वर्गमा १६० रुपैयाँ पुगेको निमगले जनाएको छ ।