२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

नेको इन्सुरेन्सद्वारा काशीमा बीमा सम्बन्धी अभिमुखीकरण

शुक्रवार , फाल्गुण ४, २०८०

  • 1.3K
    Shares
  • 1.3K
    Shares
  • भैरहवा, ४ फागुन ।
    नेको इन्सुरेन्स लिमिटेडले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१२ जनकपथस्थित काशी नोबल एकेडेमीमा बिहीबार बीमासम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ ।

    कार्यक्रममा कक्षा ११ र १२ दीवा समूहमा अध्ययनरत विद्यार्थीहरुको सहभागीता रहेको नेको इन्सुरेन्स लि. लुम्बिनी प्रदेशका सहायक प्रमुख गोपाल ज्ञवालीले बताए ।

    कार्यक्रममा इन्सुरेन्स लि.का प्रदेश सहायक प्रमुख ज्ञवाली, भैरहवा शाखा प्रमुख विजय ज्ञवालीले सहजीकरण गरेका थिए ।
    कार्यक्रममा शिक्षकहरु हरि प्रसाद आचार्य, तेज प्रसाद पन्थलगायतको उपस्थिति रहेको थियो ।

    IMG_6800.JPG

    ‘नेकोको अभियान, शिक्षामा योगदान’ भन्ने नाराका साथ विद्यालयहरुमा बीमा सम्बन्धी अभिमुखीकरण कार्यक्रम सुरु गरिएको सहायक प्रमुख ज्ञवालीले बताए । 

    विद्यार्थीहरुमा बीमा सम्बन्धी चेतनाको अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम गरिएको उनले बताए । ‘बीमा सम्बन्धी सचेतना फैलाउने उद्देश्यले विद्यार्थीहरुका लागि यो कार्यक्रम गरिएको छ । विद्यार्थीहरुमार्फत अभिभावकहरुमा पनि बीमासम्बन्धी सचेतना पुग्नेमा हामी विश्वस्त छौं, ’उनले भने ।