२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

२८ औं वार्षिकोत्सवको पूर्व सन्ध्यामा नेपाल नालन्दामा ‘फूड फेस्टिबल’

शुक्रवार , फाल्गुण ४, २०८०

भैरहवा, ४ फागुन ।
आफ्नो २८ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९ प्रभातपथ (भैरहवा) स्थित नेपाल नालन्दा आवासीय माध्यमिक विद्यालयले फूड फेस्टिबल (खाना महोत्सव) गरेको छ । विद्यालय परिसरमा शुक्रबार  ‘नेपाल नालान्दा फूड फेस्टिबल–२०८०’ आयोजना गरिएको प्राचार्य युवराज पोख्रेलले बताए ।

विद्यालयले आफ्नो वार्षिकोत्सवको पूर्व सन्ध्यामा गत वर्षदेखि फूड फेस्टिबलको आयोजना गर्दै आएको पोख्रेलले जानकारी दिए । ‘गत वर्षझैं यस वर्ष पनि फूड फेस्टिबल आयोजना गरिएको हो, जसअन्तर्गत ४ वटा सदनका विद्यार्थीहरुले ४ वटा स्टल, कक्षा ११ का विद्यार्थीहरुले २ वटा र कक्षा १२ का विद्यार्थीहरुले २ गरी ८ वटा स्टलहरु राखी विभिन्न परिकार बनाएका थिए, ’उनले भने । 

पढाइका साथसाथै अन्य विभिन्न कामहरुमा पनि विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्नुपर्छ भन्ने उद्देश्यले विद्यालयले यस खालको कार्यक्रम गरेको प्राचार्य पोख्रेलको भनाइ छ ।

nkll.jpg
nkkk.jpg

‘फूड फेस्टिबलमा विद्यार्थीहरुको उल्लेखनीय सहभागीता थियो । उनीहरुको रुची, उत्साह र उमंगमा रहेको पाइयो । यो कार्यक्रममा विद्यार्थी र अभिभावक गरी १ हजार बढीको सहभागीता रहेको थियो, ’उनले भने ।

food.jpg

वि.सं. २०५३ सालमा स्थापना भएको नेपाल नालन्दा आवासीय माध्यमिक विद्यालयले आफ्नो २८ औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह यही फागुन ७ गते सोमबार गर्न लागेको अध्यक्ष ई. राजेश ढकालले बताए ।

विद्यालय प्रांगणमा बिहान साढे १० बजेदेखि समारोह सुरु हुने विद्यालयका प्रबन्ध निर्देशक युवराज पाण्डेले जानकारी दिए ।